Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २३ गते, बिहान ८:०८ बजे
काठमाडौँ - KTM

दाङमा हुने सम्मेलनको नाममा विप्लव माओवादी निकट क्रान्तिकारीको चन्दा आतंक !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन २३, काठमाडौँ | विप्लव माओवादीनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आफ्नो महाधिवेशनका लागि भन्दै विभिन्न शैक्षिक संस्थाहरूबाट चन्दा असुलेको छ ।<br></p><p>विद्यालयहरूमा पत्राचार गरी टेलिफोनमार्फत अधिकतम चन्दा दिन दबाब दिने गरेको निजी विद्यालयका सञ्चालकले बताएका छन् । सहयोगका निम्ति भन्दै क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहको हस्ताक्षरमा विद्यालयहरूमा पत्र पठाइएको छ ।</p><p>क्रान्तिकारीको सम्मेलन फागुन २७ बाट ४ दिनसम्म दाङमा हुँदै छ ।आफ्ना माग अटेर गरे विद्यालय बन्द गराउने चेतावनी क्रान्तिकारीले दिने गरेको छ । ‘चन्दा नमागे कम्युनिस्ट नै हुँदैन जस्तो गर्छन्,’ ललितपुरस्थित एक विद्यालयका सञ्चालकले भने, ‘हिजो पनि दिएका थियौं । आज नदिने भन्ने रहेन । आखिर अभिभावकबाट अन्य शुल्क भनेर थप्ने न हो ।’, – कान्तिपुरबाट&nbsp;&nbsp;</p>