२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोहन वैद्यनिकट कार्यकर्ताले दले बागलुङ बडिगाड स्‍वास्थ्य शाखा प्रमुखमाथि मोसो

२०८०, ८ माघ सोमबार ११:४३

माघ ८, काठमाडौं | मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताहरूले बागलुङको बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुखमाथि मोसो दलेका छन्। 

उनीहरूले आइतबार बिहान करिब १० बजे बडिगाड गाउँपालिका खालास्थित मध्यपहाडी लोकमार्गमा स्वास्‍थ्य प्रमुख विपेन्द्र केसीमाथि मोसो दलेका हुन‍्।


ध १ ब ४२८ नम्बरको मोटरसाइकलमा सवार केसीमाथि वैद्यनिकट पार्टीका कार्यकर्ताहरूले मोसो दलेका थिए। केसी कार्यालय जाँदै गर्दा सडकमै रोकेर उनीहरूले मोसो दलेका थिए।

केसीमाथि मोसो दलेको घटनाको जिम्मा बागलुङ जिल्ला समितिका इन्चार्ज अजनवी र संयोजक प्रविणले विज्ञप्ति जारी गर्दै लिएका छन्। 

घटनापछि प्रहरीले मोसो दल्ने व्यक्तिहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए। 

‘गाउँपालिका स्वास्थ्‍य प्रमुख होइन? भनेर सोधेछन्। हो भनेपछि मोसो दलेका रहेछन्,’ उनले भने, ‘भिडिओ पनि आएको छ। हामीले यसमा संलग्नको खोजी गरिरहेका छौं।’

पार्टीको तर्फबाट जारी भएको विज्ञप्तिमा गाउँपालिकाका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुख केसीले मिलोमतो गरेर म्याद सकिएको औषधि खरिद गरी कमिसनको खेलमा लागेको आरोप छ। 

औषधि खरिदमा आर्थिक दुरूपयोग गरी जनताको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप छ। 

‘आर्थिक चलखेल, सत्ताको दुरूपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवानलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य हुने छैन,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै आगामि दिनमा यस्ता गतिविधि नसच्चिएमा थप संघर्षका कार्यक्रम बढाउन बाध्य हुने छौं र त्यसको जिम्मेवारी स्वयंम हुनुपर्ने छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी