२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आईसीसी यू–१९ विश्वकप क्रिकेट: नेपाललाई तेस्रो सफलता

२०८०, १२ माघ शुक्रबार ०८:५०

माघ १२, काठमाडौं | आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तान विरुद्ध तेस्रो विकेट लिन सफल भएको छ। टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। 

नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको थियो। नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याचआउट गराए।  दोस्रो र तेस्रो विकेट आकाश चन्दले लिएका छन्।  


यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्नेछ। 

नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ।  

शुक्रबारको खेलमा अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्नेछ। सुपर सिक्समा पुग्दा नेपालले समूह ‘डी’का न्यूजिल्याण्ड र पाकिस्तानका साथै समूह ‘ए’का शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्न पाउनेछ। 

अफगानिस्तानका लागि पनि सुपर सिक्समा पुग्न शुक्रबार नेपालविरुद्धको खेलमा जित्नै पर्ने बाध्यता छ। अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्यूजिल्याण्डसँग १ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले