दशरथ चन्द नगरपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दशरथ चन्द नगरपाल"/>

२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पृथ्वीनारायण शाहको हालसम्मकै ठूलो शालिक बन्ने

२०७५, ३ असार आईतवार ११:३०

असार ३ काठमाडौं । बैतडीको दशरथ चन्द नगरपालिकामा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नेपालमा हालसम्मकै ठूलो शालिक निर्माण हुने भएको छ । 


दशरथ चन्द नगरपालिकाले उपलब्ध गराएको ७ रोपनी जग्गामा राष्ट्रियता संरक्षण अभियानले शालिक बनाउन लागेको हो। आज राजधानीमा मिडिया नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १० वर्षे जनयुद्ध र त्यसपछिका परिवर्तन पश्चात राजसंस्थासँग सम्बन्धित कुनैपनि विषयलाई ओझेलमा पार्न संगठित रुपमा कार्यहरु भैरहँदा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको विशाल प्रतिमाको स्थापना गर्ने जमर्को गरेकोमा राष्ट्रियता संरक्षण अभियान बैतडीलाई शुभकामना दिनुहुँदै राप्रपाले पार्टीको आदर्शको रुपमा ग्रहण गरेका पृथ्वी नारायण शाहको शालिक निर्माणमा सक्दो सहयोग पुर्याउने तथा सहयोगको लागि अपिल गर्ने बताउनुभयो । 


भौगोलिक रुपमा नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाह र भावनात्मक रुपमा एकिकरण गर्ने श्री ५ महेन्द्रलाई नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताउँदै अध्यक्ष थापाले बैतडीमा राष्ट्रनिर्मार्ताको २१ फिट अग्लो शालिक निर्माण गर्न अग्रसरता देखाउने राष्ट्रियता संरक्षण अभियान बैतडीलाई पूर्ण सहयोग पुर्याउन सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता बालाराम घर्तिमगर, केन्द्रीय सदस्यहरु निना भेटवाल, श्यामबहादुर शाही लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमबारे पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रियता संरक्षण अभियान बैतडीका अभियन्ता हेमबाबु लेखकले प्रकाश पार्नुभएको थियो । 

मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शालिक स्थापनाको लागि केन्द्रीय सदस्य नानु नगरकोटीले १० हजार, निना भेटवालले ५ हजार, सरश्वती के.सी. अधिकारीले ५ हजार, श्यामबहादुर शाहीले ५ हजार, काठमाडौं जिल्ला सदस्य शितल अधिकारीले १ हजार पाँच प्रदान गरि सहयोगको थालनी गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु