२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाँदर नियन्त्रणका लागि ठूला रुख काट्नु प्राथमिक उपचार हो: वडाध्यक्ष पाण्डे

२०८०, १६ माघ मंगलवार ११:५१

माघ १६, काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको दाबी गरेका छन्।

अध्यक्ष पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रुख काट्न सूचना प्रकाशित गरेको विषयमा अहिले विभिन्न टीकाटिप्पणीहरू भइरहेको छन्।


आफ्नो निर्णयको सर्वत्र आलोचना भएपछि बाँदरको बारेमा नजानेकाहरुले यसरी टिकाटिप्पणी गरेको उनको भनाइ छ। बाँदरको समस्या आफ्नो क्षेत्रमा गम्भीर रुपमा रहेको र पकाएको खानेकुरा समेत खान नपाउने अवस्था सिर्जना भइसकेकाले यो निर्णय लिनुपरेको उनको भनाइ थियो।

उनले आफ्नो क्षेत्रका जनताले बाँदर नियन्त्रण गरिदिए आगामी १० वर्षसम्म आफूहरुलाई केही नचाहिने कुरा राखेको बताए। गाउँका सबै रुख

काट्ने कुरा नगरेको भन्दै ठूला रुख र बाँसका झ्याङहरुको फडानी गर्न आग्रह गरेको उनले बताए।

काटिएका रुखका स्थानमा लप्सी, काफल लगायतका बोटबिरुवा र फलफूलहरु लगाउने अभियान आफूहरुको रहेको बताउँदै ठूला रुख काट्नु प्राथमिक उपचार भएको तर रुख काट्दैमा बाँदर सबै नियन्त्रण हुने कुरा आफूहरुले नगरेको स्पष्ट पारे।

यता पोखरा महानगरपालिकाका मेयर धनरान आचार्यले भने वडाध्यक्षले निर्णय गरेर रुख काट्ने अभियान चलाउने विषय कानून सम्मत नहुने बताएका छन्।

‘रुख काट्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनले एउटा व्यवस्था गरेको छ। पालिका भन्दा बाहिरको हकमा जिल्ला वन कार्यालयसँग समन्वय गरेर गर्नुपर्ने र पालिकाभित्रको हकमा कुन रुख कसरी काट्ने भन्ने स्पष्ट व्यवस्था गरेको सन्दर्भमा वडा कार्यालयले निर्णय गरेर वा वडाध्यक्षले निर्णय गरेर रुख काट्ने अभियान चलाउने विषय कानून सम्मत हुँदैन।’ उनले भने।

प्रमुख आचार्यले सम्बन्धित वडाले अहिले रुख कटानी स्थगित गरिसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो