2026-09-19 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-अशोभनीय कदम

खेल, खेलाडी आफैमा देशको लागि गौरव र एक मात्र यस्तो विषयबस्तु हो जहाँ नेपालको झण्डालाई अगाडी लिएर देशको गुनगान गाइने गरिन्छ । जहाँ राजनीतिका झण्डा हैन देशको चन्द्रसुर्र्य झण्डालाई अगाडी बाँकेर देशको गाथा गाउँदै एक आपसमा मिलेर विजयको लागि नीतिहरु  तर्जुमा गरीन्छ । निस्वार्थ भावनाका साथ आफ्नो क्षमता प्रर्दशन गर्ने थलोका रुपमा मानिएको खेलकुद क्षेत्र अन्तरगत  जिल्लामा चलिरहेको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका नगरपालिका भित्रका विद्यालयहरुले खेलमा शिल्ड आफ्नो पक्षमा लिनका लागि गैरजिम्मेवारी हर्कत गरेको खुलेको छ ।

विद्यालय स्तरका छात्रछात्रालाई समावेश गरी विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने , बालबालिकामा भएको आन्तरीक प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यका साथ संचालन हुने कार्यक्रमा आफ्नो विद्यालको लागि रनिङ शिल्ड ल्याउनको लागि र त्यसमा आफ्नो मात्रै एकाधिकार जमाउनको लागि नक्कली विद्यार्थी अर्थात् क्लब र उच्च मावि तहका विद्यार्थीलाई सहभागी     गराई यहाँका विद्यालयले जून हर्कत देखाएका छन् त्यो अशोभनीय र  गैरजिम्मेवारीका साथ सम्मानको लागि तुच्छ बनेको सावित भएको छ । लगातार दुई पटक रनिङ शिल्डमा आफ्नो कब्जा जमाएका विद्यालयहरुले यस पटक आफ्नो विद्यालयले विजय हासिल गर्न नसकेमा शिल्डबाट हात धुनुपर्ने सोचमा परि यस्तो हर्कत गरेको बुझिएको छ भने अन्य विद्यालयले पनि शिल्डमा आफ्नो नाम राख्नको लागि गैरजिम्मेवारी पन देखाएको खुलेको छ ।

मावि तहसम्मका उमेरको हिसाबले भन्ने हो भने बढीमा १६ बर्ष सम्मका छात्रछात्रा समावेश हुने प्रतियोगितामा आफुभन्दा ठूलो र बढी उमेरका विद्यार्थी समावेश गर्दा बालबालिकाको मानसपटलमा समेत नराम्रो प्रभाव  परेको छ । भने विद्यालयले यस अघिका आयोजनमा पनि गैरजिम्मेवारी पन देखाएको हुन सक्ने आकलन गर्न सकिन्छ ।

आफ्ना विद्यालयका छात्रछात्रामाथि विश्वास नगरी उनीहरुको प्रतिभालाई कुल्चेर जून पद र सम्मानको लागि अशोभनीय जून हर्कत गरेका छन् त्यसले उक्त विद्यालय विद्यार्थीप्रति कति बफदार छ भन्ने कुरामा समेत प्रश्न उठेको छ । यस्तो अशोभनीय हर्कत गर्ने विद्यालयको नाम सरोकारवाला निकायले सार्वजानिक गरी हुनीहरुलाइ तत्काल कारवाहीको दायरामा ल्याई खेलमा समावेश गरीनु हुदैन भने कम्तीमा पाँच बर्षसम्म जिल्ला स्तरीय कुनै पनि कार्यक्रममा सहभागी नुहने गरी निलम्बन गर्ने नीति तर्जुमा गर्नुपर्छ तबमात्र यस्ता गैरजिम्मेवारी पन देखाउने र देखाउन खोज्ने विद्यालय सजक र सचेत हुनेछन् । यस तर्फ सवैको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो