२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यसरी पक्राउ परे व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुईजना

२०८०, २५ माघ बिहीबार ०८:०३

माघ २५, काठमाडौँ | व्यवसायीलाई फोनमार्फत् धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन्।

उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताए। दुबैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। थापाका अनुसार दर्जी र क्षेत्रीले पोखरा महानगरपालिका-१६ लामाचौर घर भई त्यहीँ रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत् पाँच करोड माग गरेका थिए।


सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका गैरेलाई उनीहरूले हिन्दी भाषामा कुराकानी र एसएमएस गरी पाँच करोड रुपैयाँ माग गरेका थिए। उक्त रकम नदिए उनीहरूले गैरे र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए।

गत माघ १८ गतेदेखि निरन्तर फोन र एसएमएसमा धम्की आउन थालेपछि गैरे प्रहरीमा पुगेका थिए। ‘गैरेको निवेदन परेपछि खोज्दै जाँदा दुबैलाई धम्की दिन प्रयोग गरिएको सिमसहितको मोबाइललगायत अन्य सामग्रीसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ थापाले भने।

थापाका अनुसार पक्राउ परेकामध्ये दर्जी विगत चार वर्ष वैदेशिक रोजगारीका लागि कतार बसेर नेपाल फर्केको एक महिना मात्रै भएको थियो। क्षेत्री भने बेरोजगार भएर बसिरहेका थिए। उनीहरूको कोठाबाट प्रहरीले तीन थान किताब, एक थान नोट बुक, विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको ८ थान पाना, भारतीय सिम १ थान, एनसेलको ३ थान, प्रिपेड सिम ५ थान बरामद भएको छ।

यस्तै, खुकुरी एक थान, गाँजा ५७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थानलगायत सामग्री बरामद भएको छ। प्रहरी उपरीक्षक थापाका अनुसार लक्ष्मण दर्जीले युट्युबबाट गैरेको सम्बन्धमा भिडिओहरू हेर्ने गरेका थिए।

दर्जी गैरेको बारेमा बुझ्न माघ १३ गते सच्चाईमा गएर एक दुई घन्टा बसेर उनको मोबाइल नम्बर लिएर आएका थिए। ’यसपछि १८ गतेबाट फोन तथा म्यासेजबाट धम्की दिई रकम माग गर्न थालेको खुलेको छ,’ थापाले भने।

दुई दिनअघि धम्की दिएर दर्जी र क्षेत्री दुबै जना माघ २० गते सच्चाई केन्द्रमा गएका थिए। उनीहरूले त्यहाँ घटनाको असरको बारेमा बुझेको थापाले बताए। फेरि उनीहरू माघ २३ गते सच्चाई केन्द्रमा पुगेर आधा घन्टा बसेर फर्केका थिए।

उनीहरूको साथबाट बरामद सामग्रीबाट विभिन्न कुराहरू खुलेका छन्। उनीहरूले ‘ठूलो धन ठूलै लक्ष्य’ नीति अपनाएको देखिन्छ। यो लक्ष्यमा उनीहरूले अपहरण, फिरौती, गोली हान्ने, फिरौती लिएको रकम संरक्षण गर्ने कुरालाई प्राथमिकतामा राखेका थिए।

यस्तै, धनी र सम्पन्न व्यक्ति, नेता, व्यापारी, गुन्डा, भू-माफिया, औद्योगिक माफिया, मेडिकल माफिया र म्यानपावर माफियाका छोराछोरीलाई टार्गेट बनाउने योजना बनाएका थिए। क्षेत्री यसअघि २०७९ सालमा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा पर्वतमा मुद्दा चलेका व्यक्ति हुन्।

यस्तै, उनी २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए। दुबैलाई लागुऔषध गाँजा, हातहतियार तथा खरखजना र आपराधिक लाभ एक्सटर्सन सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक थापाले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति