
काठमाडौँ | स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० रुपैयाँ र त्यति प्रतितोला चाँदीको मूल्य चार हजार ३५० रुपैयाँ निर्धारण भएको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ र प्रतितोला चाँदी चार हजार ५०५ रुपैयाँ कारोबार भएको थियो ।