१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोपीकृष्ण सिनेमा हल फागुन १ देखि बन्द हुने

२६ माघ २०८०, शुक्रबार ०९:३८

माघ २६, काठमाडौँ | गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो ।

कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् ।

२८ वर्षअघि स्थापना भएको यो हल नेपाली फिल्म प्रदर्शनको इतिहास बोकेको हल हो । वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेलले स्थापना गरेको यो हलको मुख्य संरचना कोरोना लकडाउनपछि भत्काइएको थियो । कुल सात हलबाट भत्काएर दुई अडिटोरियम मात्र बाँकी थियो । बाँकी दुईवटा हल पनि बन्द गर्ने निर्णय लिइएको हो ।


सुरुमा गोपीकृष्णमा १८ सयभन्दा बढी दर्शक क्षमता थियो । प्रबन्ध निर्देशक पौडेल फिल्म नचलेको भनिएको दिनमा पनि अकुपेन्सी ६० प्रतिशत हुने गरेको सम्झिन्छन् । बलिउड फिल्म ‘राजा हिन्दुस्तानी’ एक महिनासम्म हाउसफुल चलेको स्मरण उनको छ । ‘बाहुबली २’ रिलिज हुँदा सातवटै हाउसफुल थिए ।

नेपाली फिल्म निर्माताका लागि गोपीकृष्ण राम्रो कमाइ दिने स्रोत पनि थियो । प्रत्येक शुक्रबार र शनिबार गोपीकृष्णको बाल्कोनीमा पुगेर कलाकारले दर्शकलाई अभिवादन गर्थे । फिल्मवृत्तमा यो हलको प्रभाव यतिसम्म थियो कि कुन फिल्म हिट र कुन फिल्म फ्लप भन्ने निर्धारण यो हलको कलेक्सनले गर्थ्यो  ।

गत महिना काठमाडौं महानगरले कर तिर्न ताकेता गरेको थियो । कर तिराउन भन्दै महानगरका अधिकृतहरु हलमै पुगेर एक साताभित्र तिर्न ताकेता गरेका थिए । स्थानीय कर र चलचित्र विकास बोर्डको शुल्कप्रति असन्तुष्टि जनाउँदै चलचित्र संघको आह्वानमा गत सोमबार देशभरका हल बन्द रहेका थिए ।

संघका अनुसार पहिले ४५० हल रहेकोमा अहिले आएर मुलुकमा डेढ सय जति मात्र हल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार