२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेस्सीको खेल हेर्न नपाएर निराश हङकङवासीलाई टिकटको ५० प्रतिशत फिर्ता!

२०८०, २६ माघ शुक्रबार ०९:१९

माघ २६, काठमाडौँ | ४ फेब्रुअरीमा हङकङमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले खेलेको हेर्न नपाएर निराश बनेका दर्शकलाई टिकटको ५० प्रतिशत रकम फिर्ता हुने भएको छ।

आइतबार हङकङ स्टेडियममा मेस्सी आबद्ध क्लब इन्टर मियामी र स्थानीय क्लब हङकङ इलेभेनबीच मैत्रीपूर्ण खेल भएको थियो।

उक्त खेलको पूरै समय मेस्सी बेन्चमै रहेपछि दशैकले रकम फिर्ताको माग गदै नाराबाजी गरेका थिए भने विभिन्न क्षेत्रबाट समेत विरोध भएको थियो।


व्यापक रूपमा दबाबमा परेको आयोजक ट्याटलर एसियाले टिकटको ५० प्रतिशत फिर्ता गर्ने शुक्रबार बताएको छ।

ट्याटलरले शुक्रबार बिहान सरकारी अधिकारीहरूसँगको भेटपछि जारी गरेको विज्ञप्तिमा फिर्ताको विवरण मार्चको मध्यअघि जारी गरिने बताएको छ। तर, यसमा आधिकारिक च्यानलहरूमार्फत खरिद गरिएका टिकट मात्र समेटिने ट्याटलरले प्रस्ट्याएको छ।

विज्ञप्तिमार्फत आयोजक ट्याटलरले निराश भएका सबैप्रति माफी समेत मागेको छ।

‘हामी आयोजक हुनुको नाताले जिम्मेवारीबाट पन्छने छैनौँ। त्यसैले आधिकारिक च्यानलहरूमार्फत खरिद गरिएका टिकटको ५० प्रतिशत फिर्ता गर्नेछौँ,’ ट्याटलरको विज्ञप्तिलाई उद्धृत गर्दै एससीएमपीले लेखेको छ।

यसका साथै सरकारी अधिकारीहरूले पनि ट्याटलरको यो कदमलाई स्वागत गरेका छन्।

‘सान्दर्भिक निर्णयलाई सरकार स्वागत गर्दछ। र, यो पनि विश्वास गर्दछ कि आयोजक ट्याटलर एसियाको क्षतिपूर्ति योजना एक जिम्मेवार कदम हो। यसले सकारात्मक र जिम्मेवार मनोवृत्ति देखाउँछ,’ सरकारी अधिकारीको भनाइ उद्धृत गर्दै एससीएमपीमा उल्लेख छ, ‘ट्याटलर एसियाले समाजका सबै क्षेत्रको मागलाई सम्बोधन गर्दै टिकट मूल्यको ५० प्रतिशत फिर्ता गर्ने व्यवस्था गरेर इमान्दारिता देखाएको छ।’

खेलको पूरै समय मेस्सी मैदान बाहिरै रहेपछि स्टेडियमभित्रै दर्शकले ‘नो मेस्सी, रिफन्ड प्लिज’ लगायतका नारा लगाएका थिए भने विभिन्न क्षेत्रबाट विरोध भएको थियो।

दर्शकलाई निराश हुने गरी मेस्सीलाई किन बेन्चमै राखियो भन्नेबारे बताउन र आयोजकले इन्टरमियामीसँग गरेको सम्झौता सार्वजनिक गर्न सरकारले समेत आग्रह गरेको थियो।

हङकङका प्रमुख कार्यकारी जोन लीले मंगलबार साप्ताहिक कार्यकारी परिषद् बैठकअघि ट्याटलर एसियालाई इन्टर मियामीसँगको सम्झौता खुलाउन आग्रह गरेका थिए।

उनले मेस्सी खेल्न नसक्नुको कारणबारे फ्यानहरूलाई व्यक्तिगत रूपमा सम्बोधन गर्न सरकारले माग गरेको भए पनि त्यो कुरा कार्यान्वयन नभएकोप्रति समेत असन्तुष्टि जनाएका थिए।

साथै प्रमुख लीले टिकट किन्नेहरूको चित्त बुझाउने, जवाफ दिने जिम्मेवारी आयोजकको भएको समेत बताएका थिए।

खेलकुद मन्त्री केभिन युङ–हङले पनि मेस्सी घाइते नभएसम्म ४५ मिनेटसम्म खेल्ने भन्ने बुझिएको तर सरकारले आयोजक ट्याटलर र इन्टर मियामीबीचको सम्झौताको विवरण कहिल्यै नदेखिएको बताएका छन्।

यसका साथै, सहरको उपभोक्ता वाचडगले खेलको टिकट बिक्रीसँग सम्बन्धित एक हजार एक सय ७८ उजुरी दर्ता भएको जनाएको छ, जसमा दुई सय ३४ उजुरी पर्यटकका छन्।

यी उजुरीमा दाबी गरिएको रकम करिब ८.१ मिलियन हङकङ डलर रहेको वाचडगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने