१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानस्थलका डीआईजी चन्द प्रदेश समन्वय विभागमा सरुवा

२६ माघ २०८०, शुक्रबार ११:१४

माघ २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ। उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन्।

प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा उनलाई सरुवा गरिएको छ। प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन्। हाल प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन्।

विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुट भएपछि छानबिन भएको थियो। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले कार्यालय प्रमुखमाथि समेत प्रश्न उठाएपछि चन्द असन्तुष्ट भएका थिए। यही कारण उनले राजीनामा समेत बुझाएका थिए।


तर प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरक्षिकहरुले सम्झाएर उनको राजीनामा फिर्ता गराएका थिए। राजीनामा फिर्ता गर्दै उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गर्ने वचन पनि महानिरीक्षक बसन्तबहादुर कुंवरले दिएका थिए।

त्यसको केही दिनमै उनलाई सरुवा गरिएको हो। डीआईजी चन्दलाई विमानस्थल प्रमुखका रुपमा खटाउँदा पनि काजमै सरुवा गरिएको थियो। उनको दरबन्दी भने त्यतिबेला पनि साइबर ब्यूरो मै थियो। अहिले पनि दरबन्दी साइबर ब्यूरोमै राखेर काजमा प्रहरी प्रधान कार्यालय लगिएको हो।

राजीनामा फिर्ता गराउन ब्याची समेत रहेका आईजीपी लगायतले भन्दा पनि उनले अब विमानस्थलमा नफर्किने बताएका थिए। उनलाई १० दिनको बिदा दिइएको छ। हाल उनी बिदामै छन्। बिदामै रहँदा काज सरुवा गरिएको हो।

विमानस्थलमा अध्यागमनका कर्मचारीसँग हातपातमा उत्रिएका डीएसपीसहित चार प्रहरीलाई कारबाही गरेपछि उनले राजीनामा दिएका थिए। समितिले विमानस्थलमा कार्यरत डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन, असई सञ्जय तामाङलाई निलम्बन गर्न, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

असई तामाङ र जवानद्वयलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बोलाएको छ। बिहीबारदेखि उनीहरु रानीपोखरीमा हाजिर भएका छन्। तर उनीहरुलाई कारबाही बारे भने निर्णय भइसकेको छैन। उता प्रहरीले चेकजाँचच गर्दा लफडा गरेका अध्यागमन अधिकृत छायाँ मोक्तानलाई गृह मन्त्रालय फिर्ता गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल