2026-07-24 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धेरै ठाउँको मौसम धुम्म, मौसमविद् भन्छन् : पानी पर्ने सम्भावना छैन

माघ १६, काठमाडौं | काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

हिजो दिनभर खुलेको काठमाण्डौ र आसपासको आकाशमा आज बिहानैदेखि डम्म बादल लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौसहित धेरै ठाउँमा बादल लागेको मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो । तर, बादल लागे पनि पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।

केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परेको थियो । आज पनि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको अनुमान गरिए पनि पश्चिमी न्यून चापीय प्रणाली खासै सक्रिय नभएकाले सम्भावना कम छ ।

आज सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् । यसपालिको हिउँदमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भए पनि अन्य क्षेत्रमा अहिलेसम्म पानी परेको छैन । यसले गर्दा प्रदूषणसँगै सुक्खापन बढ्दै गएको छ भने खडेरी र आगलागीको  जोखिम बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक