आज श्रीस्वस्थानी व्रत कथा समापन गरिँदै

साझासवाल
1 Min Read

फागुन १२, काठमाडौँ | एक महिना लामो श्रीस्वस्थानी व्रत कथा आज समापन हुँदैछ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिँदैछ ।

काठमाडौँको साँखुको शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि आज समापन हुँदैछ ।

एक महिने व्रतको समापनका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी अर्घ्य दिने धार्मिक परम्परा छ ।

स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ महात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ ।

स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।

पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।

आज रातमा जाग्राम बसी देवीको माहात्म्य सुन्ने र सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

Share This Article
Leave a Comment

Leave a Reply