जलेर झापामा एक बालकको मृत्यु

साझासवाल
1 Min Read

<p><b>फागुन १२, झापा |</b> झापामा आज एक बालकको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–४ भानटोली निवासी इनाम हुसेन शेखको ४ वर्ष ६ महिनाका छोरा अपित हुनेनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए।&nbsp;<br></p><p>गिरीका अनुसार घर नजिकै रहेको परालको कन्यूमा अचानक आगो लागेको र सोही आगो घरमा सल्किएर हुसेनको मृत्यु भएको हो।&nbsp;</p><p>आगलागीमा परी बालकको मृत्यु भएसँगै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मिलन केसी सहितको टोली घटनास्थल पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।</p>

Share This Article
Leave a Comment

Leave a Reply