१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरानमा सुमना हत्या प्रकरण : प्रेमीलाई सार्वजनिक गर्दै प्रहरी

९ चैत्र २०८०, शुक्रबार ०८:५९

चैत ९, धरान | सुनसरीको धरान उपमहानगरपालिका-१६ की २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनका प्रेमीलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्दैछ।

गत चैत ७ गते धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा सुमनाको शव भेटिएको थियो। 


घटनापछि प्रहरीले यस प्रकरणमा अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरेको थियो। प्रहरीले बिहीबार धनकुटाबाट सुमनाका प्रेमी भनिएका भुजेल थरका एकजना युवकलाई पक्राउ गरेको छ। एकजना प्रहरी अधिकारीका अनुसार उनले सुमनाको हत्यामा आफ्नो संलग्नता स्वीकारिसकेका छन्।

त्यहीकारण इलाका प्रहरी कार्यालय, धरानमा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्न लागिएको हो।

प्रहरीका अनुसार अहिलेसम्म उक्त घटनामा एकजनाले मात्रै आफ्नो संलग्नता स्वीकारेका छन्। 

घटनापछि फरार रहेका ती भुजेल थरका युवकले आफू सुनमाको प्रेमी भएको बताएका छन्। प्रहरीले घटनाको दिन सुमनमा र भुजेल थर ती युवक एकै स्कुटरमा चढेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिरेको विवरण पनि पत्ता लगाएको छ। सीसीटीभी फुटेजमा उनीहरू एकै स्कुटरमा छिरेको देखिएको हो।

सुमनाको शव बुधबार दिउँसो २ बजे स्थानीयबासीले घोपा क्याम्प र डिपोट स्कुलबीचको खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु