2026-07-25 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाजा अस्पताल आक्रमणप्रति निन्दा गर्दै राष्ट्रसंघका मानवअधिकार प्रमुखले भने– स्तब्ध छु

कार्तिक १, काठमाडौँ | संयुक्त राष्ट्रसंघ, मानवअधिकार प्रमुख भोल्कर टर्कले मङ्गलवार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्णरूपमा अस्वीकार्य भएको उनले बताएका छन् ।

‘स्तब्ध छु । आज राति, सयौं मानिसहरू भयानक रुपमा मारिए,’ उनले भनेका छन् । गाजा शहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामी, स्वास्थ्यकर्मी र कुराहरू पीडित भएकोमा दुःखी छु,’ उनले भनेका छन् ।

प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा ५०० प्यालेस्टाइनी मारिएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो।

‘हामीलाई यो नरसंहारको पूर्ण मात्रा थाहा छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्छ । यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ,’ टर्कले भने ।

त्यहाँ मानिसलाई सुरक्षित गर्न र मानवीय सहायता प्रदायकहरूलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्ने उनको जोड छ ।

मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मङ्गलवार दिउँसो आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो। त्यहाँ शरण खोजिरहेका करिब ४ हजार मानिसहरूले लागि आश्रय लिइरहेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मङ्गलवार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ।

‘अस्पताल सञ्चालनमा थियो, बिरामीहरू, स्वास्थ्यकर्मीहरू र आन्तरिक रूपमा विस्थापित मानिसहरू त्यहाँ आश्रय लिएका थिए । यो अस्पताल इजरायली सेनाबाट निकासी आदेशको सामना गरिरहेका गाजा पट्टीको उत्तरमा अवस्थित २०  मध्ये एक हो,’ डब्ल्यूएचओले  भनेको छ, ‘डब्ल्यूएचओले नागरिक र स्वास्थ्यकर्मीहरूको तत्काल सक्रिय सुरक्षाको लागि आह्वान गर्दछ, निकासी आदेशहरू उल्टाउनुपर्दछ, र अन्तरराष्ट्रिय मानवीय कानूनको पालना गरिनुपर्छ, जसको अर्थ स्वास्थ्य सेवा सक्रिय रूपमा सुरक्षित हुनुपर्छ र आक्रमणबाट लक्षित गरिनु हुँदैन ।’

मङ्गलवार राति जारी गरिएको समाचार टिप्पणीमा, रेड क्रसको अन्तरराष्ट्रिय समिति (आईसीआरसी)ले गाजाको अल अहली अरब अस्पताल ध्वस्त भएको र सयौंको ज्यान गएको घटनाले स्तब्ध र भयभीत भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक