२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पक्राउ परेर बिरामी हुनेलाई सरकारी अस्पतालमा राख्न रास्वपाको माग

२०८०, १५ चैत्र बिहीबार ०९:२२

चैत १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पक्राउ परेपछि बिरामी भएको बहानामा अस्पताल बस्न खोज्ने गलत परिपाटीलाई नियमनको परिधिभित्र ल्याउन स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सुझाव दिएको छ।

यदि साँच्चैको अस्वस्थ भएको भए सरकारी अस्पतालमा मात्रै राखिनुपर्ने माग रास्वपाको छ। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई यीबाहेक स्वास्थ्य सम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ।

रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझै सशक्त, सहज र पारदर्शी बनाउनका लागि एक स्वतन्त्र थिङ्क ट्याङ्क बनाउनुपर्ने, तोकिएका औषधिको दायरा बढाउँदै स्टक सुनिश्चित गर्ने, दाबी प्रणालीलाई चुस्त बनाउने, बिमित एवं सेवा प्रदायकको सूचना तथा सञ्चारका लागि लागि तीन अङ्कको हटलाइनको व्यवस्था गर्ने जस्ता कामहरू अविलम्ब गर्नुपर्ने माग राखेको छ।


सुझाव पत्र बुझाएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीकी सांसद डा. तोषिमा कार्कीले अहिलेका स्वास्थ्य क्षेत्रमा रहेका समस्या र त्यसको समाधानका लागि २६ बुँदे सुझाव पत्र बुझाएको बताइन्।

उनले वीर अस्पतालमा २७/२८ वटा बेड दैनिक रूपमा आइसियु र भेन्टिलेटरहरू खालि रहेको तर आमनागरिक पहुँच बाहिर रहेको विषयमा विशेष ध्यान दिन स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराएको बताइन्।

उनले ठुला सरकारी अस्पतालमा आम नागरिकले पाउने सेवाहरू अनलाइन माध्यमबाट हेर्न मिल्नेगरी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताइन्।

रगत सङ्कलन र व्यवस्थापनमा विभिन्न खाले समस्या आइरहेको भन्दै त्यसलाई समाधान गर्ने दिशामा कसरी जान सकिन्छ? भन्ने बारेमा पनि स्वास्थ्यमन्त्री यादवसँग छलफल भएको जानकारी दिइन्।

उनले भनिन्, ‘हामीले सदनमा उठाउन खोजेको एउटा विषय वीर अस्पतालमा २७/२८ वटा बेड दैनिक रूपमा आइसियु र भेन्टिलेटरहरू खालि रहेको अवस्थामा यो भएको पाँच महिना हुन लागिसक्यो, नागरिकहरूले आइसियु नपाएर छटपटाइरहनुभएको छ, यता आइसियु बेड र भेन्टिलेटरहरू खालि छन्, कान्ति, पाटन, वीरमा ठुला सरकारी अस्पतालमा यस्ता सेवाहरू धेरै नै खालि छन्, कुन अवस्थामा छ र कति खालि छन् भनेर नागरिकले हेर्न मिल्नेगरी व्यवस्था गरी सूचना केन्द्र बनाएर वा वेबसाइटमा राख्नुपर्छ भन्ने माग छ। ब्लड व्यवस्थापनका लागि के गर्न सकिन्छ भन्ने सुझावहरू राखेका छौँ। एम्बुलेन्सको सेवालाई चुस्त कसरी बनाउने भन्ने, स्वास्थ्य बिमा त मोडल नै परिवर्तन गर्नुपर्छ हामीले भनेका छौँ। विद्यमान मोडल पनि आम मानिसको पहुँचमा पुर्‍याउन के गर्न सकिन्छ भन्ने विषयहरू उहाँलाई भेटेर भनेका छौँ।’

उपचार तथा स्वास्थ्य सेवामा शुल्क नतोकिएका कारण र मनोमानी रूपमा शुल्क असुलिएको भन्दै आम नागरिक एवं  बिरामीमा अन्योल रहेकाले यसलाई द्रुतगतिमा समाधान गर्नुपर्ने सुझाव दिएको छ।

चिकित्सक तथा स्वास्थ्य मानव श्रोतको सुनिश्चित व्यवस्थापन गर्न यथाशीघ्र आवश्यक दरबन्दी सृजना गर्ने एवं वैज्ञानिक ढङ्गको परिचालन विधि लागु गर्ने गरी कार्य अघि बढाउनुपर्ने बताएको छ।

स्वास्थ्य क्षेत्रका नियमनकारी निकायहरूलाई थप सक्रिय गराई समन्वयात्मक ढाँचामा स्वास्थ्य सेवा प्रदायकहरूको अनुगमन र नियमनलाई तीव्र बनाइनुपर्ने र दीर्घकालिक रूपमा सबै नियामकहरू गाभी स्वास्थ्य सेवा नियमन परिषद् गठन गर्नुपर्ने माग पनि राखेको छ।

रास्वपाले उपचारमा सेवाग्राही ढुक्क हुने गरी नेशनल ट्रिटमेण्ट प्रोटोकल तथा उपचार सेवा स्ट्याण्डर्ड विकासलाई उच्च प्राथमिकतामा राख्दै त्यसमा पेसेण्ट सेफ्टी, क्लिनिकल अडिट, सेकेन्ड ओपिनियन, सुसूचित प्रेषणजस्ता विषयहरूलाई विशेष स्थान दिनुपर्ने माग गरेको छ।

एम्बुलेन्सको गुणस्तर, उपलब्धता एवं सेवाका सम्बन्धमा विद्यमान निर्देशिका कडाइका साथ लागू गर्दै मापदण्ड नपुगी हाल चलिराखेका एम्बुलेन्सलाई तुरुन्तै विस्थापित गर्न सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना