दान बहादुर बुढा | असोज ६, मुगु | २०१७ सम्म मुगुलाई छाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | असोज ६, मुगु | २०१७ सम्म मुगुलाई छाउ"/>

2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छाउपडी कुप्रथा हटाउन मुगुमा अभियान सुरु

दान बहादुर बुढा | असोज ६, मुगु | २०१७ सम्म मुगुलाई छाउपडि मुक्त जिल्ला घोषणा गर्ने उद्श्उले हिजो-आज मुगुमा बिशेषगरी ग्रामीण बस्ती टोल-टोल र सदरमुकाम गमगढी बजारमा कु-प्रथाको रुपमा मानिएको छाउपडी हटाउनको लागी अभियान सुरु भएको छ ।

नेपालको सुदुर पश्चिीमाञ्चल र मध्य पश्चिमाञ्चलमा बिषेश गरी कुप्रथाकोरुपमा जरो गाडेको छाउपडी प्रथाले  गर्दा महिला, किशोरीहरु ४ दिन देखी ७ दिनसम्म छाउ भएको बेला छुट्टै गोठमा ओडारमा बस्ने गाई भैसी भन्दा तल्लो दर्जामा राख्ने, खानेकुराहरु दुध दही माछा मासु, लगायत पोषिलो भिटामीनयुक्त खानेकुरा नदीने, घर भित्र राख्दा देबी देउता रिसाउने, दुध-दही खाँदा गाई-भैसी बहुलाने, छाउ भएको बेला तरकारी बारी, फलफुल बारीका काम गर्न जादा छुई हुने, तरकारी फलफुल कुहुने जास्ता कुप्रथालाई हटाउनको लागी हिजोआज जिल्लामा नेपाल सुकारको अन्तरिम संबिधान ०६४ को छाउपडी प्रथा उन्मुलन निदेशिका अनुसार हिजो जिल्लामा जिल्लास्तरीय समितिको बैठकमा जिल्लामा छाउपडी सम्बन्धित काम गर्ने सरकारी संघ सस्थाहरुलाई एकद्घर प्रणाली बाट छाउपडी सम्बन्धित कुप्रथालाई हटाउने निणर्य पारीत समेत गरीयो ।  

छाउ भएको बेला महिलाहरुले धार्मिक स्थान मठ मन्दीर, धारा, कुवा, बिद्यालय, घरको दोस्रो र तेस्रो तल्लामा नजाने, छाउ भएको बेला बिद्यालयमा पढ्न नजाने, खाना, पानि, लत्ता-कपडा लगाएत अन्य सामानहरु छुट्टै दिने जास्ता प्रथा हटाने अभियानमा मुगुलिहरु जुरमुराएका छन ।

छाउपडी प्रथा उल्मुलन गर्नको लागी काम गर्ने जिल्लामा रहेका आधा दर्जन संघ सस्थाहरुको अनुभव प्रस्तुत गर्दा सबै भन्दा बढी जिल्लामा रहेका गाबिसमा काम गर्ने हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्रले काकीबाडा, श्रीनगर, रारा, सेरी, रुगा, रोवा, पिना गाबिसको ६ सय ४३ घर धूरीमा छाउपडी तथा लैगिक हिसान्यनीकरण बिश्लेशण आधार सर्भेक्षण  फारम भर्दा सबैभन्दा बढी, धार्मीक कारण ३४८ घरदुरी, परम्परागत  चलन २५४ घर धुरी, समुदायमा नकारात्मक सोच ३३ घर धुरी र अन्य बिभिन्न कारण ८ घर धुरी रहेको ले गदा छाउपडि प्रथा कायम रहेका बैठकमा निचोड आएको छ ।

जिल्लामा रहेको महिला सम्बन्धित काम गर्ने सरकारी निकाय महिला तथा बालबालीका कार्यालय जिल्ला स्थापना २०५७ सालबाट स्थापना भए पनि जिल्लामा छाउपडी कुनै मार्याक्रम नभएको र गत आथिक बर्षमा न्यू २४ ले छाउपडी सम्बन्धित समाचार प्रचारण गरेपछि यो चालु आबमा छाउपडी अन्त गर्नको लागी महिला मन्त्रालय बाट २ लाख २७ हजार बजेट आएका महिला तथा बालबालीका कार्यालय प्रमुख हसीना प्रसाद पराजुलीले बताएकी छिन् । पराजुलीका अनुसार मुगु जिल्लाको २४ गाबिस मध्य मुगुको करान भेगमा रहेका ५ गाबिसमा बस्ने जनजाति बस्तीहरुले छाउपडी प्रथा नमान्ने गरीएको देखिएको छ भने अन्य १९ गाबिसमा ब्यापक रुपमा छाउपडी प्रथा कायमै रहेको बताउछन ।

छाउपडी कुप्रथा हटाउनको लागी सबै भन्दा पहीले शिक्षा, जनचेतना मुलक नाटक पोष्टर पम्पलेट, सडक नाटक, तालिम, गोष्टी, जस्ता कार्याक्रमहरुलाई प्रथामीकता दिनु पर्ने जिन ब्यक्ति छाउपडी अभियानमा लागेका छन उनिहरुको घर बाट परिवतन गरेर जानु पर्ने र जिल्लामा रहेकी अगुवा महिलाहरुबाटै यो अभियान शुरु गर्ने मात्र यो अभियान सफल हुने छाउपडी उन्मुलन जिल्ला संयोजक तथा निमित्त स्थानिय बिकास अधिकारी देबी प्रसाद पाण्डेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल