२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई दिनमा फिल्म ‘डिग्री माइला’को कमाई कति ?

२०८१, ३ बैशाख सोमबार ०६:५९

बैशाख ३, काठमाडौं । नयाँ वर्ष २०८१ को साइत पारेर शुक्रबारबाट प्रदर्शनमा आएको ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले सुरुवातको दुई दिन बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । वितरक प्रचण्डमान श्रेष्ठले दुई दिनमा फिल्मले ३ करोड ६ लाख कमाई गरेको दाबी गरे । उनका अनुसार, पहिलो दिन (शुक्रबार) ९८ लाख र दोस्रो दिन अर्थात् नयाँ वर्ष (शनिबार) २ करोड ८ लाखको व्यापार भएको छ ।

फिल्मको हाइपअनुसार डेढ करोडको ओपनिङ प्रक्षेपण गरिएको थियो । तर, बिहानी शोज अपेक्षाकृत हुन नसक्दा ओपनिङ केही प्रभावित बन्यो । दोस्रो दिन (शनिबार) नयाँ वर्ष परेकाले व्यापारमा उछाल देखियो । ‘वर्ड अफ माउथ’ राम्रो प्राप्त भएकाले आगामी दिनमा पनि फिल्मको व्यापार उत्साहप्रद रहने निर्माण टिमको विश्वास छ । आइतबार पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ ।


फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले विशेष रुचाएका छन् । शनिबार बिग मुभिजमा फिल्म हेरेका एक युवा दर्शकले भनेका थिए, ‘फिल्मले समाजको यथार्थलाई राम्रोसँग देखाएको छ । र, ग्रामीण क्षेत्रको शैक्षिक अवस्था कस्तो छ भन्ने पनि देखाउँछ । सन्देशसँगै फिल्म हेर्दा रमाइलो भयो ।’ कतिपय दर्शकले ‘क्लाइमेक्स’ अधुरो लागेको भन्दै सिक्वेलको माग गरेका छन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ । फिल्मको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, सुष्मा गुरुङ र मधु मिजार छन् भने कार्यकारी निर्माता भने क्रिश लामा हुन् । शिवराम श्रेष्ठ र राइली एस शिनले फिल्मको छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना