३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

६ असार २०८१, बिहीबार ०८:३८

असार ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पारे ।

सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासनमार्फत धार्मिक तथा सामाजिक सदभाव बढाउन केन्द्रीय स्तर तथा प्रादेशिकस्तरमा समेत छलफलका कार्यक्रम सञ्चालन गरिहेको प्रधानमन्त्रीले जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डले भने, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवरद्धन गर्न सरकार प्रतिबद्ध छ ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज काठमाडौँका यी स्थानमा बिजुली अवरुद्ध हुने सत्ता पक्षीय दलको बैठक आज बस्दै यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम: देशका विभिन्न ठाउँमा मौसम बदली रहने यी हुन् शोरुमबाट कार चोरी गर्ने युवक, एक महिना अघि पक्राउ परेर छुटेका थिए अनेरास्ववियुका नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति ठमेल प्रहरी कुटपिट प्रकरण: प्रहरीमाथि नै छानबिन सुरु एकहप्ता अघि मात्र भारतबाट घर आएका थिए त्रिशूलीमा बेपत्ता रोहित, खोजी गर्न गोताखोर परिचालन सानदार मःम पसलमा आगलागी घटना : थप एकजनाको मृत्यु, सातको अवस्था ‘गम्भीर’ विराटनगरमा सोरुम फुटाएर कार चोरी, भाग्दै गर्दा तेल सकिएपछी परे पक्राउ ४७ वर्षअघिको ‘विषयवस्तु’ लाई लिएर मह जोडीको आलोचना दिपकसँगको रोमान्टिक तस्बिर शेयर गर्दै दीपाश्रीको पोस्ट: ह्याप्पी भ्यालेन्टाइन्स डे ! अध्यादेश रोकिनेवाला छैन, पास गर्ने अनेक विकल्प छन् : महासचिव पोखरेल ‘एक्टर’ विरुद्ध ‘एक्टर : टेक वन’का निर्माता अदालतमा बारामा सुधार केन्द्रभित्र कुटपिट हुदाँ एक युवकको मृत्यु, सञ्चालकसहित ७ जना पक्राउ ट्रकमा लोड भएको सिलिन्डरबाट एक्कासि ग्यास लिक भएपछि… इजरायलको चेतावनीपछि समयमै बन्धक रिहा गर्ने हमासको प्रतिवद्धता त्रिशुलीमा मोटरसाइकल खस्यो, चालकको पहिचान खुल्यो रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ यी हुन् २०२४ मा सर्वाधिक कमाउने १० खेलाडी: रोनाल्डो, मेस्सीदेखि नेयमारसम्म कसको कति?