२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिमताल पहिरो: मृतक र बेपत्तालाई राहात लिन जिप्रका रौतहटको अनुरोध

२०८१, २७ श्रावण आईतवार १०:४७

साउन २७,  रौतहट । चितवन जिल्लाको भरतपुर महानगरपालिका २९ सिमलताल नजिक पहिरोमा परी बेपत्ता भएको गणपती डिलक्स बसमा रही मृत्यु तथा बेपत्ता भएका यात्रुको परिवार लाई राहत लिन जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरेको छ। 

गत असार २८ गते बिहान साढे ३ बजे काठमाडौं बाट रौतहट तर्फ आईरहेको प्रदेश ०३_००१ ख २४९५ नम्बरको गणपती डिलक्स बस लाई अचानक माथि बाट आएको पहिरोले बगाउँदा त्रिशुली नदीमा बगाएको थियो। 

घटना लगतै असार ३१ गते नेपाल सरकारको मन्त्री परिषदले गरेको निर्णय अनुसार घटनामा परी मृत्यु तथा बेपत्ता भएका रौतहटका मृतकको आफन्त पीडित परिवारलाई राहत लिन आउनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको हो।


 बसमा सवार रही त्रिशुली नदीमा मृत्यु तथा वेपत्ता भएका यात्रुको नजिकका नातामा पर्ने हकदार आमा, बुबा, दाजु भाई, दिदी बहिनी पती पत्नी, छोरा छोरी लाई जिल्ला प्रशासन कार्यालय रौतहटको आर्थिक प्रशासन शाखाको ९८५५०४४५२७ मोबाईल नम्बरमा सम्पर्क गरेर आउन सिडियो हिरालाल रेग्मी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

राहतको लागि आउँदा सम्बन्धित वडाको सिफारिस, मृतकको नागरिकता, मृत्यु दर्ताको फोटोकपी, नाता प्रमाणित, राहत वुझ्नेको नागरिकताको फोटोकपी, कुनै पनि बैंकको चेकाबुकको फोटोकपी अनिवार्य लिएर आउनु पर्ने जिल्ला प्रशासन कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

काठमाडौं बाट रौतहट तर्फ आईरहेको गणपती डिलक्स बस र बिरगंज बाट काठमाडौं जाँदै गरेको एनजल ट्राभल्स बस सिमालताल नजिक पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता हुँदा दुबै बसको गरेर ६५ जना वेपत्ता भएका थिए। सो मध्ये केहीको शव बरामद भएको थियो भने केहीको अझै बरामद हुनसकेको छैन। यात्रु संगै बेपता भएका बसको खोजी गर्न नेपाल र भारतको गोताखोर परिचालित भएपनि सफल भएनन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते