माघ ९, पोखरा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, पोखरा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताएका छन् । "/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत छ: ओली

९ माघ २०७३, आईतवार १२:०४

माघ ९, पोखरा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताएका छन् । 

नेकपा (एमाले) केन्द्रीय मोर्चा सङ्गठनको आयोजनामा आजदेखि पोखरामा सुरु तीनदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले संविधान संशोधनका लागि सारिएका चारवटै बुँदा राष्ट्र एवम् जनताका लागि आवश्यक नभएको बताए । 

पहाड एवम् तराईलाई छुट्याउने, राष्ट्रिय एकता एवम् राष्ट्रिय अखण्डतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउँदै उनले त्यसबाट देशलाई जोगाउन एमाले सक्रियताका साथ लागेको धारणा राखे । 

संविधानको कार्यान्वयनका लागि देशमा निर्वाचन हुनुपर्ने भए पनि वर्तमान सरकारले यस विषयलाई आफ्नो प्राथमिकतामा नराखी अन्य कुरामा अल्मलिएको अध्यक्ष ओलीको भनाइ थियो । 

देशका विद्यमान चुनौतीलाई पार लगाउने शक्ति एमालेमा रहेको उल्लेख गर्दै उनले त्यसका लागि आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिए । 

सो अवसरमा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परिवर्तनको मोडमा देश बढिरहेको बताउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नु प्रमुख जिम्मेवारी भएको बताए । 

राष्ट्रिय एकता, अखण्डता तथा स्वाभिमानलाई कमजोर बनाउने षड्यन्त्रस्वरुप जातीय, धार्मिकलगायतका विषयलाई उछाल्ने प्रयास भएको बताउँदै उनले त्यस्ता षड्यन्त्रबाट प्रभावित नबन्न पनि कार्यकतालाई आग्रह गरे । 

एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले गुट उपगुटबाट माथि उठेर पार्टीलाई आगामी दिनमा अझै सशक्त बनाउन आवश्यक रहेको बताए । युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले आन्दोलनका उपलब्धि संस्थागत गर्न संविधान कार्यान्वयन अपरिहार्य भएको बताए । 

कार्यक्रमका सभापति एवम् पार्टीका मोर्चा सङ्गठन संयोजक गोकर्ण विष्टले तीनदिने भेला एवम् प्रशिक्षण कार्यक्रममा मोर्चाअन्तर्गतका विभिन्न २० वटा सङ्गठनका पदाधिकारी गरी करिब ४०० जनाको सहभागिता रहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता