हालै अन्टार्टिकाको सर्वोच्च शिखर भिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हालै अन्टार्टिकाको सर्वोच्च शिखर भिन"/>

९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्ट्रा धावक पण्डित सम्मानित

२७ माघ २०७३, बिहीबार १२:१६

माघ २७, काठमाडौँ । नेपाल पर्यटन बोर्डले अल्ट्रा धावक सञ्जय पण्डितलाई रु दुई लाख ७५ हजारसहित सम्मान गरेको छ । 

हालै अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सन मासिफ आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही पण्डितलाई बोर्डले कदरस्वरुप सम्मान गरेको हो । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा बोर्डका सदस्य कृष्ण अर्यालले उक्त रकम बराबरको चेक र सम्मानपत्र उहाँलाई प्रदान गर्नुभयो । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा साहसिक हिमाल आरोहणको माध्यमबाट चिनाउन भूमिका खेलेकाले पण्डितलाई सम्मान गरिएको बोर्डले जनाएको छ । 

पण्डितले सगरमाथा मनास्लुसहित विश्वका ११ विश्व शिखर सफलतापूर्वक आरोहण गर्नुभएको छ । उहाँले अफ्रिकाको शिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्नुभएको थियो । उहाँ उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालको पहिलो विश्व पर्वतारोही हुनुहुन्छ । पण्डितले अन्टार्टिकाकै अर्को चर्चित पर्वत माउन्ट रजम्यान पनि सफलतापूर्वक आरोहण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु