२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

शैक्षिक प्रदर्शनी एक सय विद्यालयबाट अवलोकन

२०७३, २७ माघ बिहीबार १३:२७

माघ २७, भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा आयोजना भएको तीनदिने बृहत् शैक्षिक प्रदर्शनी एक सय १० भन्दा बढी विद्यालयका विद्यार्थीले अवलोकन गरेका छन् । 

ख्वप उच्च माविको १७ औँ ख्वप कलेजको १५ औँ र शारदा क्याम्पसको २६ औँ वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको प्रदर्शनीमा एक सय २८ कक्ष रहेको कलेजका प्राचार्य एवम् संयोजक रुपक जोशीले जानकारी दिनुभयो । 

सो अवसरमा आयोजित साहित्यिक कार्यक्रममा श्यामकृष्ण खुलिमुली, एलके सुन्दर, सुशन बस्नेत, शालिकराम दुलाल, रेखा न्यौपाने, प्रज्ञा ढुङ्गाना, रेश्मा थापालगायतले कविता वाचन गरेका थिए । वार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई सय १५ जनाले रक्तदान गरे । 

रनिङ सिल्ड क्रिकेट प्रतियोगिता शुक्रबार 

सैनिक आवासीय महाविद्यालय भक्तपुरमा शुक्रबारदेखि प्रधानसेनापति कप टि २० रनिङ शिल्ड क्रिकेट प्रतियोगिता २०७३ सुरु हुने भएको छ । 

प्रतियोगितामा उपत्यकाका १५ विद्यालयका १६ समूहले भाग लिने आयोजक महाविद्यालयका प्रशासकीय अधिकृत हरि पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी महाविद्यालयमा प्रथम सैनिक आवासीय महाविद्यालय उपत्यकाव्यापी अन्तर स्कुल गणिती हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता आगामी फागुन १८ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला