फागुन ३, कैलाली । नेपाली काँग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताउनुभएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३, कैलाली । नेपाली काँग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताउनुभएको छ ।&n"/>
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन हुन नसके सत्ता समीकरण परिवर्तन हुन्छ: श्रेष्ठ

३ फाल्गुन २०७३, मंगलवार १०:३६

फागुन ३, कैलाली । नेपाली काँग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताउनुभएको छ । 

कैलालीको धनगढीमा आज नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले वैशाखको दोस्रो अथवा तेस्रो हप्तासम्ममा निर्वाचन सम्पन्न गराउने हो भने त्यसका लागि हाम्रो पार्टीले धैर्यधारण गर्ने, यदि त्यसो नभएमा पहिलेको सहमतिअनुसार सत्ता समीकरण परिवर्तन हुने जानकारी दिनुभयो । 

नेता श्रेष्ठले यो संविधानलाई लागू गर्नका लागि मधेसवादी दल, आदिवासी, जनजाति, पश्चिम तराईका थारुलगायतका कुरा सुन्नु आवश्यक रहेको बताउनुभयो । 

उहाँले २०७२ सालको संविधान महिलामैत्री, जनजातिमैत्री, मधेसीमैत्री रहेकाले अझै पनि संविधानमा केही कुराको कमीकमजोरी छ भने त्यसलाई संशोधन गरेर अघि बढ्नु पर्ने उल्लेख गर्नुभएको छ । 

उक्त पत्रकार सम्मेलनमा नेता श्रेष्ठले मधेसवादी दल पनि पुरानै अवस्थामा निकायको निर्वाचन गर्दा उहाँहरु पनि सहमतिमा आउने आफूले देखेको उल्लेख गर्नुभएको छ । साथै, उहाँले २०७४ साल माघ ७ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न गरेर अगाडि बढ्न नसकेकोे अवस्थामा फेरि यो संविधान दलदलमा फसी लागू भएको नठहर्ने बताउनुभयो । 

सम्मेलनमा संविधान संशोधनको टुङ्गो नलागीकन निर्वाचनको मिति नतोक्न मधेसवादी दलले आग्रह गरेको हुनाले यो मिति तोक्ने अवस्थामा पुग्दापुग्दै मिति तोक्नलाई अलिकति ढिलाइ भएको उहाँले बताउनुभएको छ । 

साथै, नेता श्रेष्ठले २०६२/६३ को जनआन्दोलनबाट २४० वर्षको राजसंस्थाको अन्त्य गरी हामीले पूर्ण लोकतन्त्र कायम गरेकाले यो संविधानलाई कार्यान्वयन गर्दै रु तीन करोड जनतालाई केन्द्रबिन्दु बनाएर सबै अगाडि बढ्नुपर्नेे धारणा राख्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश