फागुन ३, कैलाली । नेपाली काँग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताउनुभएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३, कैलाली । नेपाली काँग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताउनुभएको छ ।&n"/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन हुन नसके सत्ता समीकरण परिवर्तन हुन्छ: श्रेष्ठ

२०७३, ३ फाल्गुन मंगलवार १०:३६

फागुन ३, कैलाली । नेपाली काँग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताउनुभएको छ । 

कैलालीको धनगढीमा आज नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले वैशाखको दोस्रो अथवा तेस्रो हप्तासम्ममा निर्वाचन सम्पन्न गराउने हो भने त्यसका लागि हाम्रो पार्टीले धैर्यधारण गर्ने, यदि त्यसो नभएमा पहिलेको सहमतिअनुसार सत्ता समीकरण परिवर्तन हुने जानकारी दिनुभयो । 

नेता श्रेष्ठले यो संविधानलाई लागू गर्नका लागि मधेसवादी दल, आदिवासी, जनजाति, पश्चिम तराईका थारुलगायतका कुरा सुन्नु आवश्यक रहेको बताउनुभयो । 

उहाँले २०७२ सालको संविधान महिलामैत्री, जनजातिमैत्री, मधेसीमैत्री रहेकाले अझै पनि संविधानमा केही कुराको कमीकमजोरी छ भने त्यसलाई संशोधन गरेर अघि बढ्नु पर्ने उल्लेख गर्नुभएको छ । 

उक्त पत्रकार सम्मेलनमा नेता श्रेष्ठले मधेसवादी दल पनि पुरानै अवस्थामा निकायको निर्वाचन गर्दा उहाँहरु पनि सहमतिमा आउने आफूले देखेको उल्लेख गर्नुभएको छ । साथै, उहाँले २०७४ साल माघ ७ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न गरेर अगाडि बढ्न नसकेकोे अवस्थामा फेरि यो संविधान दलदलमा फसी लागू भएको नठहर्ने बताउनुभयो । 

सम्मेलनमा संविधान संशोधनको टुङ्गो नलागीकन निर्वाचनको मिति नतोक्न मधेसवादी दलले आग्रह गरेको हुनाले यो मिति तोक्ने अवस्थामा पुग्दापुग्दै मिति तोक्नलाई अलिकति ढिलाइ भएको उहाँले बताउनुभएको छ । 

साथै, नेता श्रेष्ठले २०६२/६३ को जनआन्दोलनबाट २४० वर्षको राजसंस्थाको अन्त्य गरी हामीले पूर्ण लोकतन्त्र कायम गरेकाले यो संविधानलाई कार्यान्वयन गर्दै रु तीन करोड जनतालाई केन्द्रबिन्दु बनाएर सबै अगाडि बढ्नुपर्नेे धारणा राख्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला