फागुन ७, काठमाडौँ । धादिङलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको हो ।
गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रिक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।