फागुन १०, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको निर्माण काम द्रुत गतिमा अघि बढिरहेकाले निर्धारित समयमै काठमाडौँ उपत्यकामा खानेपानी वितरण हुने भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको निर्माण काम द्रुत गतिमा अघि बढिरहेकाले निर्धारित समयमै काठमाडौँ उपत्यकामा खानेपानी वितरण हुने भएको छ । 

२०८३, १३ जेष्ठ बुधबार
काठमाडौँ - KTM

‘निर्धारित समयमै मेलम्चीको पानी आउँछ’

२०७३, १० फाल्गुन मंगलवार ०८:०३

फागुन १०, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको निर्माण काम द्रुत गतिमा अघि बढिरहेकाले निर्धारित समयमै काठमाडौँ उपत्यकामा खानेपानी वितरण हुने भएको छ । 

“आयोजनाको सुरुङ निर्माण र पाइपलाइन विस्तार द्रुत गतिमा भइरहेको छ, विसं २०७४ साउनमा खानेपानी परीक्षण गरी आगामी बडादसैँमा घर घरमा खानेपानी वितरण गर्ने लक्ष्य छ”, सञ्चार प्रतिष्ठान नेपालको आयोजनामा आज यहाँ आयोजित ‘काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनमा मेलम्ची खानेपानी आयोजना’ विषयको अन्तक्र्रियामा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले भन्नुभयो । 

पाइपलाइन विस्तारका क्रममा राजधानीका सडकमा धुलोको समस्या न्यूनीकरण गर्ने काम भइरहेको जनाइएको छ । पाइप बिछ्याउन खनिएका सडक पुनःनिर्माणका लागि यसअघि नै सडक विभागलाई रु ८४ करोड र नगरपालिकालाई रु एक करोड निकासा भइसकेको छ । 

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई घनश्याम भट्टराई उपत्यकामा खानेपानीको माग सम्बोधन गर्न मेलम्ची–२ आयोजनाको काम पनि अघि बढेको बताउनुहुन्छ । 

काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले काठमाडौँ उपत्यकामा सुख्खायाममा पानीको सहज आपूर्ति गर्न तत्काल ट्यांकरबाट समेत व्यवस्थित रुपमा पानी वितरण गरिने जानकारी दिनुभयो । 

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख दिनेशप्रसाद खत्रीका अनुसार आगामी वर्षा यामअघि नै उपत्यकामा खानेपानी वितरण सञ्जाल निर्माण गर्न दिनरात गरेर द्रुत गतिमा पाइप बिछ्याउने र पानी पोखरी निर्माण भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट