फागुन १०, महोत्तरी । स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्यो आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, महोत्तरी । स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्यो आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्द"/>
२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्या आरोपमा चारजनालाई थुनामा राख्ने आदेश

२०७३, १० फाल्गुन मंगलवार ०७:५८

फागुन १०, महोत्तरी । स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्यो आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

न्यायधीश केशवप्रसाद घिमिरेको इजलासले मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर– ६ बस्नेफिरोज कवारी, बगडा– ७ बस्ने गङ्गाराम दास र महोत्तरी गाविस– ७ बस्ने कँुवेर राउतसहित चारजनालाई पुर्पक्षका लागि आज जलेश्वर कारागारमा राख्ने आदेश दिएको हो । 

सोही हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका धमौरा– १ बस्ने तुफान नट अन्सारीलाई ३० हजार धरौटीमा तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो । 

युवक मिश्रको हत्याको प्रमुख कारण निजको पत्नीको अरुसँग यौन सम्बन्ध राखेको खुलेको र सम्पति हडप्ने उद्देश्य रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रका नाममा पाँच बिगाहा जग्गा छ । 

युवक मिश्रलाई पुस २९ गते शुक्रबार राति ८ बजे आरोपीहरुले हतियार प्रहार गरी हत्या गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी