२६ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्यासमा कालोबजारी गर्ने ब्यापारीमाथि कारबाही सुरु

२८ चैत्र २०७२, आईतवार १३:२१

पर्वत, चैत २८ ग्यास लुकाउने सुरेन्द्र किराना पसलका सञ्चालक लक्ष्मी अधिकारीलाई जिल्ला प्रशासन कार्यालयले धरौटी लिएर अनुसन्धानमा राखेको छ । सुराकीको आधारमा ग्यास लुकाएर दोब्बर मुल्यमा बिक्री गरेको आरोप लागेका उनलाई प्रशासनले दुई लाख ५० हजार रुपैयाँ धरौटी लिएर अनुसन्धान अघि बढाएको हो ।

कालोबजारी गर्ने ब्यापारीलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने भएपनि धरौटी मात्र लिएर अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुसन्धान अधिकृत सुबास लामिछानेले अहिले उजुरी र पसलका कागजात एकैठाउमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।

केही दिनअघि उनको पसलमा छापा मार्ने क्रममा १३ सिलिण्डर भरी ग्यास लुकाएर राखेको अवस्थामा फेला परेको थियो । उक्त पसलले छ हजारदेखि नौ हजारसम्ममा भरी ग्याससहितका सिलिण्डर गोप्य रुपमा बिक्री गर्ने गरेको प्रशासनस्रोतले जनाएको छ । कालोबजारीमा अधिकारी दोषी देखिएमा एक बर्षसम्म कैद वा दुई लाख ५० हजार रुपैयाँसम्म जरिवाना तथा दुबै सजाय हुनसक्ने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

‘अनुसन्धानको सबै अधिकार अनुसन्धान अधिकृतलाई छ, उहाँले अनुसन्धान पुरा भएपछि सरकारी वकिलमार्फत मलाई फाइल प्राप्त हुन्छ’ प्रजिअ ढकालले भने–‘मैले प्राप्त कागजातका आधारमा कारबाहीको फैसला गर्ने हो ।’ यता अधिकारीलाई छुटाउनका लागि पर्वत उद्योग बाणिज्य संघको चर्को दबाब परेको प्रशासनस्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अपराधीले प्रहरीलाई टेर्न छाडे’ – प्रधानमन्त्री ओली अधिवक्ता त्रिपाठीमाथि आक्रमण: धरौटी तिर्न नसक्दा रास्वपा उपसभापति जैसी कारागार चलान, अन्य दुई जना छुटे मदन राईलाई बालयौन दुरूपयोगमा साढे दुई वर्ष कैद सजाय स्पेनबाट फेरि तीन नेपाली निष्कासित पर्यटक भिसामा नेपाल प्रवेश गरी धर्म प्रचारमा संलग्न १७ अमेरिकीसहित १८ जना विदेशी पक्राउ अधिवक्ता त्रिपाठीमाथि हातपात : रास्वपा जिल्ला उपसभापतिसहित तीन जनासँग धरौटी माग पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित, पाइन् स्कुटर महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद प्रदर्शन, आज पनि ७ विकेटले पराजित जस्टिन बिबर र हेलीको सम्बन्ध चिसियो, हेलीले मागिन् तीन सय मिलियन क्षतिपूर्ति सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस् ‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, दर्शकले अब १०० रुपैयाँमै हेर्न पाउने संसद्‍बाट रास्वपाको चेतावनी- रविको निलम्बन फुकुवा नगरे सरकारलाई महँगो पर्न सक्छ विपिन जोशीको रिहाइको माग गर्दै सभामुखले लेखे अरब संसद्‌लाई पत्र सिरिजको अन्तिम खेलमा थाइल्यान्डलाई नेपालले दियो ८२ रनको लक्ष्य स्टेजमा गाउँदा गाउँदै भक्कानिएपछि एलिनालाई ऋचाको पत्र अमेरिकी वायुसेनाकाे जहाज किन आयो नेपाल ? बलिउड अभिनेता सोनु सूदविरूद्ध पक्राउ पुर्जी जारी बंगलादेशमा युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ रवि लामिछानेलक्षित प्रकाशमानको टिप्पणी : विदेश छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? आफ्नो अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल