फागुन २०, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको रुपनगरदेखि सुनसरीको नहडासम्मको सडक निर्माण तोकिएको अवधिभन्दा एक वर्ष पछाडि धकेलिएको छ । 

तराई आन्दोलन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको रुपनगरदेखि सुनसरीको नहडासम्मको सडक निर्माण तोकिएको अवधिभन्दा एक वर्ष पछाडि धकेलिएको छ । 

तराई आन्दोलन"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक निर्माण एक वर्ष पछाडि धकेलियो

२० फाल्गुन २०७३, शुक्रबार ०८:५८

फागुन २०, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको रुपनगरदेखि सुनसरीको नहडासम्मको सडक निर्माण तोकिएको अवधिभन्दा एक वर्ष पछाडि धकेलिएको छ । 

तराई आन्दोलन र विनाशकारी भूकम्पका कारण तोकिएको अवधिमा सडक निर्माण पूरा हुन नसकेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले जनाएको छ । आन्दोलनका बेला भएको नाकाबन्दीले आवश्यक सामग्री तथा उपकरण आउन सकेन भने भूकम्पपछि पहाडी जिल्लाका कर्मचारी घरतिर गएकाले काम छ महिना ठप्प भएको कम्पनीका कर्मचारी छकबहादुर गुरुङले बताउनुभयो । 

राष्ट्रिय सरोकारको योजनाअन्तर्गत सम्झौता बमोजिम तीन वर्षभित्रमा पूरा गर्ने कम्पनीले दाबी गरे पनि उत्पन्न व्यवधानका कारण अवधि थप गरिएको हो । ६१ किमीको यो सडक २०७१ को फागुनबाट सुरु भई २०७४ को असारसम्ममा पूरा गर्ने सम्झौता थियो तर पछि भएको म्यादमा २०७५ को असारसम्ममा सम्पन्न हुने भनिएको छ । 

राष्ट्रिय योजनाअन्तर्गत निर्माण भएको सडकमध्ये पूर्वी तराई, भित्री तराईका वैकल्पिक सडक हो । यो सडक निर्माण भएपछि तराई र पहाडका गरी दर्जनौँ नगरपालिका र गाउँपालिका लाभान्वित हुने उदयपुरका व्यापारी चेतन राईले बताउनुभयो । 

पूर्व पश्चिम लोकमार्गको वैकल्पिक सडकका रुपमा निर्माण भइरहेको यो सडकले सप्तकोसीको ब्यारेजको क्षमताभारलाई समेत भरथेग गर्ने प्राविधिकको धारणा छ । चतराको वराह क्षेत्र, धरानको पाथिभरालगायत पूर्वका देवस्थलमा जाने तीर्थयात्रीका लागि पनि यो सडक सुलभ र छिटो हुने बसाहाका यातायात व्यवसायी कुमार श्रेष्ठको भनाइ छ । 

सो सडकका लागि रु दुई अर्ब १७ लाग्ने अनुमान गरिएको छ । 

मुआब्जा र वन समस्या 

सो सडक अन्तर्गत सप्तरीको रुपनगर चोकदेखि फत्तेपुर जोड्ने सडकसम्म दुई किमीभित्र धेरै घर र जग्गाको मुआब्जा दिनुपर्ने भएको छ । 

मुआब्जा निर्धारण समितिले दशवटा भागमा छुट्याई निर्धारण गरेको मूल्याङ्कनमा मुख्य सडकको छेउको जमिन ३० लाख रहेको छ भने नम्बरी आवादी नखुलेको जमिनलाई रु एक लाखसम्म दिने निर्णय भएको सामाजिक परिचालक राम पोखरेलले जानकारी दिनुभयो । 

निर्धारण समितिको मूल्य निर्धारण आफूहरुलाई मान्य नभएको स्थानीय सरोकारवालाको गुनासो छ । आफूहरु उच्चस्तरीय आयोगसम्म जानुपरे जाने तर यस मूल्य निर्धारणमा नमान्ने रुपनगरका घर जग्गा धनी रविलाल साहले बताउनुभयो । विभिन्न व्यवधानमध्ये मुआब्जा पनि रहने हो कि भन्ने कम्पनीको आशङ्का छ । 

यसैगरी वन मन्त्रालय तथा वन विभागबाट एकैपल्ट राष्ट्रिय वन र सामुदायिक वनको रुख कटानमा स्वीकृतको पत्र नआएकाले पनि काममा ढिलाइ हुने देखिएको छ । उदयपुरको सुपाडेअन्तर्गतका ११ वटा सामुदायिक वनमध्ये अझै दुईवटा सामुदायिक वनको स्वीकृति आउन बाँकी रहेकाले आफूहरु लागिपरेको जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वासुदेव झाले बताउनुभयो । 

सुनसरीको नहडास्थितका वनमा पनि चार सयजति रुख कटान हुन बाँकी रहेकामा कटानी धमाधम हुँदैछ । 

सो मार्गमा १८ वटा फूलमध्ये १३ वटा निर्माण भइसकको, दुईवटा निर्माणाधिन अवस्थामा रहेको र तीनवटा पुलको काम अघि नवढेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन