2026-07-02 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बिपीको अनुयायी भएर प्रधानमन्त्री हुन पाएकोमा गर्व छ’

2017-09-06

भदौ २१, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी भएर प्रधानमन्त्री हुन पाउँदा आफुलाई गर्व लागेको बताउनुभएको छ । 

जननायक बिपी कोइराला स्मृति ट्रस्टले विश्वेश्वरप्रसाद कोइरालाको १०३ औैँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘बिपी साहित्य सम्मान तथा बिपी सेनानी सम्मान’ कार्यक्रममा उहाँले बिपीको सिद्धान्तले पार्टी यो अहिलेको अवस्थासम्म आइपुगेको बताउनुभएको हो । “हर क्षेत्र र हर विषयमा अध्ययनशील र बुझेको व्यक्ति बिपी कोइरालाको बारेमा अझै अध्ययन, अनुुसन्धान र खोज गर्नु आवश्यक छ,”– उहाँले भन्नुभयो । 

प्रधानमन्त्री देउवाले बिपी कोइरालाको साहित्य र राजनीतिलाई आमजनतासम्म लैजानु जरुरी रहेको बताउँदै यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बिपी कोइरालालाई सहयोग गर्ने र उहाँका विचारलाई आम जनतासमक्ष साहित्यमार्फत लैजाने व्यक्तिलाई सहयोग गरेर ट्रस्टले राम्रो काम गरेको उल्लेख गर्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री देउवाले रु एक लाख एक हजार राशिको ‘बिपी साहित्य सम्मान’ वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदी तथा रु ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान’ तीर्थराज ज्ञवाली (चैतु)लाई प्रदान गर्नुभयो । 

ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य बलदेव शर्मा मजगैया, डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनको समितिले निर्णय गरे अनुसार उक्त पुरस्कार प्रदान गरिएको हो । 

साहित्यकार प्रा डा अभि सुवेदीले बिपी कोइरालाको साहित्य लेखन र राजनीतिबीच सम्बन्ध रहेको बताउनुभयो । उहाँले अहिलेको समयमा बिपीको राजनीति र साहित्य कमजोर हुँदै गएको चर्चा गर्नुभयो । 

ट्रस्टका महासचिव एवं सांसद रामचन्द्र पोखरेलले बिपीको योगदान र उहाँले प्रतिपादन गरेको सिद्धान्तलाई आम जनता सामु पु¥याउन ट्रस्टले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

ट्रस्टले बिपीका यत्रतत्र छरिएर रहेका कृतिलाई एकीकृत गर्ने तथा साहित्य सम्मान, बिपीसँगै लोकतान्त्रिक आन्दोलनमा लागेका व्यक्तिलाई सम्मान, बिपीको बारेमा विद्यावारिधि गरेका व्यक्तिलाई पुरस्कार तथा सम्मान, विद्यावारिधिका लागि शोध गर्नेलाई सहयोग, देशभर रहेका बिपीका शालिकलाई सुरक्षित गर्ने, चितवनको खैरहनी नगरपालिकाको विद्यालयलाई सहयोग गर्ने काम गरिसकेकोे महासचिव पोखरेलले जानकारी दिनुभयो । 

उहाँले ट्रस्टले नवलपरासीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न लागेको जानकारी दिँदै अन्तर्राष्ट्रियस्तरको बिपी अध्ययन केन्द्र स्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । ट्रस्टका कावा अध्यक्ष श्रीहर्ष कोइरालाले बिपी बहुआयामिक व्यक्ति भएकाले उहाँको आदर्श सिद्धान्त सदैव नेपाली राजनीतिमा रहने उल्लेख गर्नुभयो । 

साहित्यकार तथा समालोचक महेश पौडेलले प्रा डा सुवेदीले बिपी कोइरालालाई स्वदेश तथा विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो । पौडेलले प्रा डा सुवेदी नेपाली, अंग्रेजी, नाटकमार्फत बिपी कोइरालालाई चिनाएको उल्लेख गर्नुभयो । 

सांसद राजु खनालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चैतुको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले बिपी कोइरालाले आह्वान गर्नुभएको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी राजनीतिदेखि नै सक्रिय भई लागेको र दाङ काँग्रेसलाई मजबुद बनाउन चैतुको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश