फागुन २५, काठमाडौं ।  सरकारले सप्तरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउने चार जनाको परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । 

 बुधब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, काठमाडौं ।  सरकारले सप्तरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउने चार जनाको परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । 

 बुधब"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरी घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख क्षतिपूर्ति

२०७३, २५ फाल्गुन बुधबार १४:४७

फागुन २५, काठमाडौं । सरकारले सोमबार सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा मृत्यु भएकाको हकवालालाई रु दश लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । 

सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका हकवालालाई रु दश÷दश लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेको हो । नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा सोमबार आयोजना गरिएको आमसभालाई बिथोल्न पुगेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा मोर्चाका कार्यकर्ता सञ्जन मेहता, पीताम्बरलाल मण्डल, आनन्द शाह र वीरेन्द्र महतोको मृत्यु भएको थियो । 

सर्वोच्च अदालतका पूर्व न्यायाधीश वा न्याय सेवाको विशिष्ट श्रेणीबाट अवकास प्राप्त अधिकृतको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने बैठकले निर्णय गरेको बैठकपछि सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए । 

आयोगका अध्यक्ष र सदस्यको नाम प्रधानमन्त्रीको सहमतिमा गृहमन्त्रीले टुङ्गो लगाउने निर्णय भएको छ । आयोगले आफ्नो काम सुरू गरेको दिनदेखि १५ दिनभित्रमा सिफारिससहितको प्रतिवेदन गृह मन्त्रालय समक्ष पेस गर्नुपर्ने छ । 

सरकारले सो घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । त्यसैगरी घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णयसमेत गरेको मन्त्री पाण्डेले जानकारी दिए । 

“नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता बिना हातहतियार शान्ति पूर्ण रूपमा भेला हुने स्वतन्त्रताको नेपाल सरकार पूर्ण सम्मान गर्दछ”– बैठकपछि मन्त्री पाण्डेले भने, “कुनै पनि राजनीतिक दल वा नागरिकले आफ्नो हक र अधिकारको उपयोग गर्दा अरूको हक र अधिकारको हनन् नगरी समाजमा शान्ति र सुव्यवस्था खलल हुन नदिनेतर्फ सचेत रहनुपर्ने जिम्मेवारीप्रति सबै राजनीतिक दल नागरिक समाज र सङ्घ/संस्था र आम नागरिकहरूलाई सरकारले अपिल गर्दछ ।” 

त्यस्तै मन्त्रिपरिषद्को बैठकले ७४४ तहमा (नगरपालिका, गाउँपालिका, उपमहानगरपालिका र महानगरपालिका) कार्यालय स्थापना गरी काम सञ्चालन गर्नका लागि न्यूनतम् रु एक करोडका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू