चैत १८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन "अनन्त" ले कुनै दलले भाग नलिएपनि स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन "अनन्त" ले कुनै दलले भाग नलिएपनि स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पार"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनै दल निर्वाचनमा नआएपनि चुनाव हुन्छ: अनन्त

२०७३, १८ चैत्र शुक्रबार ०९:२५


चैत १८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन "अनन्त" ले कुनै दलले भाग नलिएपनि स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले भने,‘ निर्वाचनको प्रक्रिया धेरै अघि बढिसक्यो, अब निर्वाचन हुँदैन कि भनेर कसैलेपनि शंका गर्नुहुँदैन, अब रोकिने र नहुने भन्ने हुँदैन्, कारणवश कुनै दल छुटे पछि उनीहरुलाई क्षतिपूर्तिसहित प्रदेश र संघीय निर्वाचनमा समेटिनेछ ।’

संविधान कार्यान्वयनको लागि पनि निर्वाचन आवश्यक रहेको बताउँदै भने,‘यो सरकारको पहिलो प्राथमिकता भनेको नै संविधान कार्यान्वयन गर्ने हो, त्यसको लागि ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्छ, यसको लागि सरकार अघि बढिसकेको छ ।’

उनले मधेशी मोर्चा लगायतका असन्तुष्ट पक्षहरुको माँग सम्बोधन गर्न संविधान संशोधन गर्ने र निर्वाचनको प्रक्रियापनि सँगसँगै अघि बढाउने सरकारको तयारी रहेको जनाए । उनले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने समेत विश्वास दिलाए ।

नेता पुनले भने,‘५० जिल्लाको मतपत्र छपाईको काम सम्पन्न भैसकेको छ, ७५ हजार म्यादी प्रहरी भर्ना भैसकेका छन्, प्रशासनिक एव्म सूरक्षा तयारी भैरहेको छ ।’ स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नसर्ने जिकिर गर्दै पुनले भने,‘सरकार अब पछि हट्दैन्, चुनाव हुन्छ, हुन्छ ।’

पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन जानु अघि नै असन्तुष्ट मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एक किसिमको अनौपचारिक समझदारी बनिसकेको समेत दाबी गरे । 

उनले सिमांकनबाहेकका विषयहरुलाई चुनाव अघि नै संशोधन गरेर मोर्चालाईपनि चुनावमा लिएर जाने सरकारको तयारी रहेको र यसमा मोर्चा सकारात्मक देखिएको विश्वास दिलाए ।

उनले मधेशी मोर्चालेपनि भित्रभित्रै चुनावको तयारी गरिरहेको दाबी गरे । पुनले थपे,‘मधेशी मोर्चालेपनि भित्रभित्रै चुनावको तयारी गरिरहेको छ, आफ्नो प्रभाव रहेको जिल्लामा कहीँपनि दल दर्ता गराउन छुटाएको छैन, बरु काँग्रेसको केही ठाउँमा छुटेको छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ