2026-07-09 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले ओखलढुंगाका पूर्वअध्यक्ष कटवालले छोडे पार्टी

चैत २९, ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन् ।

पार्टीबाट राजीनामा दिदै उनले भनेका छन्- 'दसौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखियो । जुन खालकाअरोप-प्रत्यारोपको होड वाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो ।  मैले मेरो ३४ बर्षको राजनैतिक जिवनमा यस्तो विधि र पद्धति बिहिनता अनुभुती गरेको थिइन। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिककर्मिको भविस्य बन्छ ,न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ । यहि कुरालाई महसुस गरि मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज  क.खगेन्द्र राई मार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजिनामा पढाइ सकेको छु । आजवाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहान्छु ।'

बुधबार सकिएको एमाले ओखलढुंगाको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो । उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो