२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रिय आवश्यकताले पशुपतिमा नेपाली पुजारी राख्न खोजेको हुँ’

२०७३, ३१ चैत्र बिहीबार १२:५२

चैत ३१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकतानुसार नै सरकारले केही वर्षअघि पशुपतिनाथमा नेपाली पुजारी राख्ने प्रचलन सुरु गर्न खोजेको बताउनुभएको छ । 

पशुपतिनाथका मूल भट्टमा त्यतिबेला नियुक्त हुनुभएका डा विष्णु दाहालले लेखेको ‘पशुपतिनाथमा सात दिन’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै प्रधानमन्त्रीले भन्नुभयो–“मैले त्यतिखेर गरेको निर्णय गलत थिएन भन्नेमा म विश्वस्त छु । कला पुगेन होला, त्यसमा भने म सहमत छु । तर निर्णय नै गलत थियो भन्नेमा म छैन । ’’ 

प्रधानमन्त्रीले पशुपति, राष्ट्रपति सेनापतिलगायत प्रकरणमा नेपाली जनताको भावना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको उल्लेख गर्दै केही कार्यशैलीगत कमजोरीका कारण निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपाली जनताको भावना के छ, नेपाल राष्ट्रको आवश्यकता के हो भनेर नै मैले पशुपतिमा के सुधार गर्न आवश्यक छ, सेनापतिमा के सुधार गर्न आवश्यक छ, राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै द्विविधा थिएन । अहिले पनि छैन । खालि शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले त्यतिबेला जानिन होला । तर जे मिसन थियो राष्ट्र र जनताको मिसनभन्दा बाहिर थिएन ।’’ 

सो अवसरमा पूर्वसंस्कृतिमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का नेता गोपाल किरातीले नेपालको गौरवका रुपमा रहेको पशुपतिनाथमा नेपाली पुजारी नै हुनुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको र पार्टी समेत प्रतिबद्ध रहेको धारणा राख्नुभयो । 

सात दिन मूल पूजारीका रुपमा कार्यसम्पादन गर्नुभएका डा दाहालले सो अवधिमा भोग्नुभएको समग्र पक्षलाई समेटेर पुस्तक लेख्नुभएको हो । पुस्तकमा पशुपतिनाथको अन्य पाटा र पक्षका बारेमा समेत उल्लेख गरिएको डा दाहालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ