बैशाख २, काठमाडौं । जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २, काठमाडौं । जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता "/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रक्सी’ नखाने प्रचण्ड र थापाको प्रतिवद्धता

२०७४, २ बैशाख शनिबार ०२:१४

बैशाख २, काठमाडौं । जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता जनाएको छ ।

नयाँ बर्षको अवशरमा स्वाथ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी भई प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्य मन्त्री थापाले यस्तो प्रतिवद्धता जनाएका हुन् । सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन र जनचेतना जगाउन मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो । 

पदयात्रा कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा, नायिका मनिषा कोइराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका अवशरमा मन्त्रालयले स्वास्थ्य सम्बन्धी सचेतना बढाउन ‘मेरो वर्ष’ नामक एप्स सार्वजनिक गरेको छ ।

सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन राज्यले हैन जनताले प्रतिवद्धतामा सहभागि बन्नु पर्ने आवस्यकता भएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए । कार्यक्रममा सहभागि अभिनेतृ मनिषा कोइरालाले आफुले क्यान्सरविरुद्ध संघर्ष गरेकाले स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिन् । स्वास्थ्यका लागि घरमै गरिने सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताइन् । रक्सीले शरीरका भित्री अंग खराव गरी चाँडै रोगी बनाउछ तर पनि रक्सी खानेको संख्या नघटेकाले यो प्रतिवद्धतामा आफु सहभागि भएको कोइरालाले बताइन् ।

खुसी हुदाँ, दुख लाग्दा, र फुर्सदको समयमा अरु भन्दा पनि रक्सी खानेको संख्या बढ्दो अवस्था भएको तथ्याङक छ । रक्सी कम्पनीको आकर्षक बिज्ञापन र जनचेतना अभावले वालवालिका देखि बृद्धबृद्धासम्म रक्सी पिउने दिनानु दिन बढ्दो अवस्थामा रहेको स्वास्थ्य संस्थाको तथ्याङक छ।

स्वास्थ्य मन्त्री गगन थापाले ‘मेरो वर्ष-म स्वस्थ्य, मेरो देश स्वस्थ्य’ भन्ने नारा अघि सारेर पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन् । कार्यक्रममा मन्त्री थापाले रक्सी नखाने लगायतका पाँच प्रतिवद्धता अवलम्बवन गर्न सके मात्रै पनि राज्यले स्वास्थ्य उपचारको अरवौ खर्च बचाउन सकिने बताए । उपचारकै कारण आफ्नो खल्तीबाट धेरै पैसा खर्चने देशमा हाम्रो देश अगाडि भएको बताए । आफ्नो स्वास्थ्यलाई सधै तन्दुरुस्त राखी सुखी जीवन विताउन यो प्रतिवद्धतामा सहभागि हुन समेत सबैलाई मन्त्रीले आग्रह गरे ।

स्वास्थ्य रहन पाँच प्रतिवद्धताः

१. म रक्सी, चरोट र सूर्तिजन्य पदार्थ खान्न

२. म नियमित व्यायाम गर्छु

३. म स्वस्थ्य र पोषिलो खाना खान्छु

४. म नियमित स्वास्थ्य परीक्षण गराउँछु

५. म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग छु । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी