२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उपेन्द्र यादवले सरकारबाट बुझेको रकमको प्रमाण म सँग छ’

२०७४, ५ असार सोमबार १०:२४


असार ५, काठमाडौं । राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन् । उनले भने,‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेशी जनतालाई धोका दिएका छन्, उनले सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण म सँग छ, पर्यो भने देखाउन सक्छु।’ नेता सुमनले निर्वाचनलाई आफूहरुले सशक्त बहिष्कार गर्ने रणनीति लिएको बताए ।

नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्दापनि सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने,‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नको लागि जबरजस्ती ढप्पा लगाउने काम मात्रै हो।’ उनले पटक पटक आफूहरु निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे ।

उनले अहिले भैरहेको निर्वाचनलाई निर्वाचनको संज्ञा दिन नमिल्ने समेत जिकिर गरे । उनले उम्मेद्धवारी दर्ताको दिन आफूहरुले हिजो टोल–टोलमा विरोध प्रर्दशन गरेको र कालो झण्डा देखाएको तर राज्यले बन्दुकको भरमा आतंक मच्याएको आरोप लगाए । उनले मधेशका जनता शान्तिपूर्ण तवरले विरोधमा उत्रिँदा बन्दुकको आडमा बलजफ्ती गरेको गुनासो पोखे ।

उनले संविधान बलजफ्ती जारी गरेको र जारी गरेकै दिनदेखि आफूहरुले त्यसको विरोध गरेको जनाउँदै आफ्ना माँगहरु संविधानमा लिखत रुपमा स्थापित गर्नको लागि अहिले माँग्नेहरुको नाम महन्थ ठाकुर र राजेन्द्र महतो रहेको स्पष्ट पारे ।

उनले आफूहरुले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनुपर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने कुरा राख्दै आएको तर सरकारले अहिलेसम्म यसबारेमा कुनै सुनुवाई नगरेको समेत गुनासो पोखे । उनले भने,‘वार्ता तथा सम्वादको नाममा हामीलाई अल्झ्याउनको लागि धेरै प्रयत्न भए, तर हामी यसमा अल्झियनौं।’ उपेन्द्र यादव र विजयकुमार गच्छदारले मधेशी जनतालाई धोका दिएको आरोप लगाए ।

उनले हिजो भएको उम्मेद्ववारी मनोनयनमा राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको भन्ने कुरा बाहिर आएकोबारे प्रतिक्रिया दिँदै भने,‘तीनीहरुलाई कारवाही हुन्छ, पार्टीको नीति विपरित उभिनेहरुलाई हामी कारवाही गर्छौं।’

त्यस्तै उनले राजपा छोडेर अन्य पार्टीमा प्रवेश गरेको विषयमा टिप्प्णी गर्र्दै भने,‘यसले केही असर पार्दैन्, राजपा छोड्नेहरुलाई के भन्ने ? छोडेर जाने गैसक्ये।’ उनले एकाध दुईले पार्टी छोड्दैमा केही फरक नपर्ने बताउँदै भने,‘अल बिदा, आन्दोलन गर्न नसकेर, डराएर जानेहरु, भागेर जानेहरुलाई केही भन्न सकिँदैन्, जाने गए।’

असार १४ गते हुने निर्वाचनको दिन आफूहरु भजन, कृतन गरेर नबस्ने समेत उनले जानकारी दिए । उनले भने,‘निर्वाचन भैरहँदा हामी कृतन गरेर बस्दैनौं, हामी विथोल्छौं।’ सुमनले निर्वाचनको दिन आफूहरुले एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्रको विरोधमा जति प्रर्दशन गर्ने हो त्यतिकै मात्रामा फोरम नेपाल र लोकतान्त्रिक फोरमको विरुद्धमा विरोध गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा