७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सात वर्षदेखि उपचार भएन

३ बैशाख २०७४, आईतवार ०९:११

बैशाख ३, काठमाडौँ । सार्वजनिक यातायातले ठक्कर दिएर करङ भाँचिदिएको सात वर्ष बित्दासमेत कागेश्वरी मनोहरा नगरपालिकाका न्हुच्छे नगरकोटीले उपचार पाउनुभएको  छैन । 

बि सं २०६६ माघ २७ गते दुई पर्यटक लिएर पोखरा जाँदा पृथ्वीराजमार्गस्थित धादिङको ज्यामिरघाटमा नगरकोटीले चलाएको फिस्टेल टुर्स एन्ड ट्राभल्सको बा४च ४५३१ नं को किया क्यारिन्स कारलाई काठमाडौँ आउँदै गरेको लमजुङ कालिका माइक्रोबस समितिको बा३ख ३१५१ नं को माइक्रोबसले ठक्कर दिएर सख्त घाइते बनाएको थियो । सात वर्षसम्म आफू कार्यरत ट्राभल्स, माइक्रोबस समितिलगायत सरोकार भएका निकायमा धाउँदा पनि न्याय नपाएपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको उहाँले बताउनुभयो । 

अशक्त नगरकोटी हाल सो नगरपालिकाको वडा नं २ आलापोटस्थित आफ्नै घरमा अनशन बस्दै आउनुभएको छ । नेपाल घुम्न आएका सिङ्गापुरको एक दम्पती लिएर पोखरा फर्कंदा उहाँ मात्र नभई पर्यटक पनि सख्त घाइते भएका थिए । महिला पर्यटक गोडा नचल्ने अवस्थामा ह्विलचियरमा स्वदेश फर्केकी थिइन् । “ट्राभल्सका सञ्चालक नारायणप्रसाद पोखरेलले माइक्रोबस समितिसँग पैसा लिई कारको मर्मत गरे पनि मेरो उपचारका लागि केही गरेनन्, अहिले त भेट्न पनि मान्दैनन्, फोन पनि उठाउँदैनन्”, पीडित नगरकोटीले भन्नुभयो ।

बिएन्डबी अस्पतालमा प्रारम्भिक उपचारपछि डा सरोज रिजालले करङको शल्यक्रिया गर्न सिफारिस गरे पनि आर्थिक अवस्था कमजोर भएका कारण गर्न नसकेको उहाँको गुनासो छ । उहाँ हालसम्म नेपाल अर्थोपेडिक अस्पताल, वीर अस्पताल र मेडिकेयर अस्पतालमा उपचारका लागि धाइसक्नुभएको छ । सबै अस्पतालले करङको नसाको समस्या भएकाले न्युरो अस्पतालमा डा उपेन्द्र देवकोटालाई भेट्न सल्लाह दिए पनि तीन वर्षदेखि भेट्न नसकेको दुःखेसो उहाँको छ । 

ट्राभल्सका सञ्चालक पोखरेल दुर्घटनामा चालक नगरकोटी घाइते नै नभएको जिकिर गर्नुहुन्छ । माइक्रोबस समितिका कोषाध्यक्ष दिलबहादुर घिमिरे भने चालक घाइते भई करङमा समस्या देखिए पनि उपचार खर्च भएअनुसारको पैसा दिन खोज्दा नमानेको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे