६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका, पिसाब फेरेको बदलामा हत्या प्रयास

२६ जेष्ठ २०७४, शुक्रबार ०२:३७

जेठ २६, काठमाडौँ । ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीया युवती पक्राउ परेकी छिन् । 

महानगरीय प्रहरी परिसर ललितपुरले पाटन सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो । बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छिन् । आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन साथीहरूलाई ठगी गरेको उनको भनाइ छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

नक्कली कम्पनी खडा गरी आफ्नै साथीहरूलाई फर्म भर्न लगाई बज्राचार्यले ठगी गरेको ललितपुर परिसरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले बताए । ‘उनले जागिर लगाइदिने भन्दै फर्म भर्न लगाएर प्रतिव्यक्ति तीनदेखि १५ हजार रुपैयाँसम्म लिएकी थिइन्,’ डिएसपी कार्कीले भने, ‘तर जागिर लगाउन नसकेपछि पीडितहरू प्रहरीमा आएका हुन् ।’ दुई साताअघि नै बज्राचार्य पक्राउ परेकामा अनुसन्धानको क्रममा उनले धेरैलाई ठगी गरेको खुलेको हो । बज्राचार्यले साथीहरूलाई आफ्नो समस्याबारे बताउने तयारी गरिरहेकै वेला प्रहरीले पक्राउ गरेको बताएकी छन् ।

डिएसपी कार्कीका अनुसार बज्राचार्यले थापाथलीस्थित हस्तकला केन्द्रमा हस्तकलासम्बन्धी तालिम लिएकी थिइन् । तालिम लिने क्रममा चिनजान भएका व्यक्तिहरूलाई नै उनले जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन् । तालिम लिएका व्यक्तिहरू जागिरको खोजीमा हुने थाहा पाएर उनले हस्तकलासम्बन्धी कम्पनीले कामदार मागेको भन्दै नाटक गरेर पैसा उठाएकी थिइन् । फर्म भरेर पैसा लिएको लामो समयसम्म पनि जागिरबारे सोध्दा अनेक बहाना बनाउने गरेकी थिइन् ।

पिसाब फेरेको बदलामा हत्या प्रयास

सडकमा पिसाब फेरेको आरोपमा ललितपुरमा एक युवकको हत्या प्रयास भएको छ । बालकुमारीका स्थानीयले विवेक थापामाथि आक्रमण गरी हत्या प्रयास गरेका हुन् । आक्रमण गर्ने राजेश महर्जनलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । साथीहरूसँग मदिरा पिई घर फर्कने क्रममा बालकुमारीमा सडकमा पिसाब फेरिरहेको स्थानीयले देखेपछि थापामाथि कुटपिट भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको ग्वार्कास्थित ग्लोबल अस्पतालमा उपचार भइरहेको छ ।

छोरी थुन्न परिवारकै आग्रह

छोरी बिग्रेको भन्दै बज्राचार्य परिवारले उनलाई धेरै दिन थुनिदिन प्रहरीसँग आग्रह गरेका छन् । यसअघि पनि उनले ठगी गरेर परिवारलाई दुःख दिएकी थिइन् । ठगीको करिब नौ लाख परिवारले नै तिरिदिएका थिए । बज्राचार्यलाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या