साउन २२, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रौतहट जिल्लामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको छ । 

रौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रौतहट जिल्लामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको छ । 

रौ"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डुबेर चार बालिकाको मृत्यु भएको घटनामा अनुसन्धान शुरु

२२ श्रावण २०७४, आईतवार १४:०१


साउन २२, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रौतहट जिल्लामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको छ । 

रौतहटको गरुडा नगरपालिका–४, गौर–चन्द्रनिगाहपुर सडकखण्ड छेउको खाल्डोमा डुबी शनिबार चारजना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा परेको उजुरीमा छानबिन प्रारम्भ गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

आयोगले आजै जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धानका लागि क्षेत्रीय कार्यालय जनकपुरबाट एक अनुसन्धान टोली घटनास्थलतर्फ खटाइएको उल्लेख छ । “विकासको अधिकार मानव अधिकारको अभिन्न अङ्ग हो, आम नागरिकको विकासको अधिकारलाई सुनिश्चित र कार्यान्वयन गर्दा सरकारले मानव अधिकार विकास पद्धतिको अवलम्बन गर्नुपर्दछ”–विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, आम नागरिक र विशेषगरी बालबालिका, महिला, वृद्ध, अपाङ्गता भएका व्यक्तिको जीवनको अधिकारको संरक्षण गरिनुपर्नेमा सरकार जिम्मेवार रहनुपर्ने आयोगले स्मरण गराउँदै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सार्वजनिक निर्माणका क्रममा निर्माण कम्पनीबाट हुने गरेको लापरबाही र सरकारी निकायको उदासीनताका कारण व्यक्तिले जीवनको अधिकार नै गुमाउनुपर्ने अवस्था हुनु अत्यन्त दुःखद स्थिति भएको आयोगको ठहर छ । 

आयोगले भविष्यमा यस्ता लापरबाहीपूर्ण कार्य हुन नदिन सरकार जिम्मेवार हुन र यस्ता घटनाबाट भएको मानवीय क्षतिप्रति पूर्ण संवेदनशील हुँदै दोषीलाई कारबाहीको मागसमेत गरेको छ । 

त्यस्तै, भविष्यमा यस किसिमको घटना दोहोरिन नदिन अपनाउनुपर्ने पूर्वसतर्कता अपनाउन तथा पीडित परिवारलाई उचित राहत एवम् क्षतिपूर्ति प्रदान गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो