२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ मा मतदान सुरु, ३७ हजार २ सय ३६ उम्मेदवार मैदानमा

२०७४, २ आश्विन सोमबार ०१:५४

असोज २, काठमाडौं । आज प्रदेश नम्बर २ मा निर्वाचन जारी छ । प्रदेश २ का ८ जिल्लामा तेस्रो चरणको स्थानीय तह चुनाव सुरु भएको हो ।

निर्वाचन आयोगले निर्वाचन हुने स्थानीय तहहरुमा सुरक्षाको पनि भरपर्दो प्रवन्ध मिलाइएको जनाएको छ । प्रदेश नम्बर २ मा मात्र ६६ हजार सुरक्षाकर्मी खटाइएको छ  । त्यस्तै २ दिन अघिदेखि नै सीमा क्षेत्र नेपाल-भारत सीमानाका बन्द गरिएको छ । त्यस्तै कुनै पनि सुरक्षा चुनौती आउँ सक्ने भन्दै पूर्वक्षेत्रमा नेपाली सेनाका दुईवटा हेलिकोप्टर पनि स्ट्याण्डबाई राखिएको छ ।

(तश्विर: दिपेश क्षत्री)

प्रदेश २ को निर्वाचनमा ८ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेको अवस्था छ भने आठ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ६ हजार ६२७ पदका लागि ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ । तीमध्ये महिला उम्मेदवारको संख्या १४ हजार ३३७ र पुरुष उम्मेदवारको संख्या २२ हजार ८६१ छ ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवार रहेका छन् । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । यस्तै वडाध्यक्षमा ८ हजार ५२ जना पुरुष र २२३ जना महिला उम्मेदवारहरू छन् ।

निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।

त्यस्तै आयोगका अनुसार आज ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणमा खटिएका छन् । 

तश्विर: एमके तामङ 

तश्विर: कृति सुवेदी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए