"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको भाषण ‘कुकुरको भुकाइ हो: उत्तर कोरिया

५ आश्विन २०७४, बिहीबार १०:२०

असोज ५, काठमाडौँ । उत्तर कोरियाका उच्च कूटनीतिज्ञले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको "कुकुरको आवाज"को संज्ञा दिएका छन् ।


बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पुर्‍याइरहे उसलाई "नष्ट गरिदिने" चेतावनी दिएका थिए ।

उत्तर कोरियाका विदेश मन्त्री रि योङ-होले त्यसप्रति पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन् । राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको भएपनि उत्तर कोरियाले त्यसलाई वेवास्ता गर्दै आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ ।

 उत्तर कोरियाली विदेशमन्त्री रिले न्यू योर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददाताहरुलाई भने, "एउटा भनाइ छ: 'कुकुर भुक्दै गर्दा पनि 'परेड' खेल चलिरहन्छ'।"

"यदि उनले (ट्रम्पले) हामीलाई कुकुरको भुकाइमार्फत अचम्भित पार्न खोजेका हुन् भने उनले सपना देख्दैछन् ।" उत्तर कोरियाली नेता किम जोङ-अनका बारेमा बोल्दै ट्रम्पले राष्ट्रसंघमा भनेका थिए, "'रकेट म्यान' अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा छन् ।"

एउटा भनाइ छ: 'कुकुर भुक्दै गर्दा पनि 'परेड' खेल चलिरहन्छ' । यदि उनले (ट्रम्पले) हामीलाई कुकुरको भुकाइमार्फत अचम्भित पार्न खोजेका हुन् भने उनले सपना देख्दैछन् । 

रिले शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । विज्ञहरु भन्छन् उत्तर कोरियाले आश्चार्यजनक ढंगले आफ्नो परमाणु हतियार र लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेको छ ।

गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले आफ्नो छैठौं र सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको घोषणा गरेको थियो। लगत्तै राष्ट्रसंघले उत्तर कोरियाको तेल आयात र कपडा निर्यातलाई नियन्त्रित गर्ने हेतुले नयाँ प्रतिबन्धहरु लगाउने प्रस्ताव पारित गरेको थियो । -बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य