"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको भाषण ‘कुकुरको भुकाइ हो: उत्तर कोरिया

२०७४, ५ आश्विन बिहीबार १०:२०

असोज ५, काठमाडौँ । उत्तर कोरियाका उच्च कूटनीतिज्ञले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको "कुकुरको आवाज"को संज्ञा दिएका छन् ।


बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पुर्‍याइरहे उसलाई "नष्ट गरिदिने" चेतावनी दिएका थिए ।

उत्तर कोरियाका विदेश मन्त्री रि योङ-होले त्यसप्रति पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन् । राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको भएपनि उत्तर कोरियाले त्यसलाई वेवास्ता गर्दै आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ ।

 उत्तर कोरियाली विदेशमन्त्री रिले न्यू योर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददाताहरुलाई भने, "एउटा भनाइ छ: 'कुकुर भुक्दै गर्दा पनि 'परेड' खेल चलिरहन्छ'।"

"यदि उनले (ट्रम्पले) हामीलाई कुकुरको भुकाइमार्फत अचम्भित पार्न खोजेका हुन् भने उनले सपना देख्दैछन् ।" उत्तर कोरियाली नेता किम जोङ-अनका बारेमा बोल्दै ट्रम्पले राष्ट्रसंघमा भनेका थिए, "'रकेट म्यान' अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा छन् ।"

एउटा भनाइ छ: 'कुकुर भुक्दै गर्दा पनि 'परेड' खेल चलिरहन्छ' । यदि उनले (ट्रम्पले) हामीलाई कुकुरको भुकाइमार्फत अचम्भित पार्न खोजेका हुन् भने उनले सपना देख्दैछन् । 

रिले शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । विज्ञहरु भन्छन् उत्तर कोरियाले आश्चार्यजनक ढंगले आफ्नो परमाणु हतियार र लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेको छ ।

गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले आफ्नो छैठौं र सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको घोषणा गरेको थियो। लगत्तै राष्ट्रसंघले उत्तर कोरियाको तेल आयात र कपडा निर्यातलाई नियन्त्रित गर्ने हेतुले नयाँ प्रतिबन्धहरु लगाउने प्रस्ताव पारित गरेको थियो । -बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते