२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक अराजकता अन्त्य गर्नु मुख्य उद्देश्य हो: अर्थमन्त्री

२०७५, २९ श्रावण मंगलवार ०९:३६

साउन २९, काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नुभएको बताउनुभएको छ । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उहाँले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने चुनौती अर्थमन्त्रालयलाई रहेको धारणा व्यक्त गर्नुभयो । 

करको दर बढाएर होइन, आधार बढाएर मात्र लक्षित राजश्व उठाउन सकिन्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको बताउँदै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “संविधानको अनुसूचीमै कुन कर कसले उठाउने भन्ने स्पष्ट छ, अलमल हुनुपर्ने अवस्था होइन, कर तिर्न क्षमता भएकालाई कर लगाउने हो, नहुनेलाई बोझ दिने होइन । 

कृषिजन्य, ऊर्जाजन्य र निर्माणजन्य सामग्रीको उत्पादनबाट मात्र आयात प्रतिस्थापन गर्न सकिन्छ भन्दै उहाँले गलैँचा, पश्मिना र तयारी पोशाकजन्य वस्तुको निकासीलाई जोड दिइने बताउनुभयो । 

समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत र चीनको अर्थतन्त्रमा जोडिने गरी उत्पादन नबढाउने र ठूलो बजारमा निर्यात गर्ने वातावरण नभएसम्म ठूला लगानीकर्तालाई ल्याउन कठिन हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘वैदेशिक लगानीकर्तालाई धेरैभन्दा धेरै आकर्षणको सुविधा दिने काम गरौँ, विप्पा सम्झौता गर्न ढिलाइ नगरौँ, हाम्रो अर्थतन्त्र धेरै परमुखी भयो, कूल ग्रार्हस्थ्य उत्पादनको ४० प्रतिशत हुँदै आएको व्यापार घाटालाई जबर्जस्त हस्तक्षेप हुने आर्थिक कार्यक्रम ल्याउनुपर्छ ।’’ 

पूर्वअर्थमन्त्री एवं समितिका सदस्य सुरेन्द्र पाण्डले राष्ट्रिय गौरवका ठूला आयोजनामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘खर्च कसरी गर्ने भन्नेमा नीतिगत व्यवस्था गर्न आवश्यक छ । पानी, पर्यटन, जडीबुटी क्षेत्रलाई प्राथमिकता राखेर योजना बन्नुपर्छ । लगानी बोर्डलाई प्रभाकारी बनाउन आवश्यक छ ।’’ 

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जलस्रोत, पर्यटन र कृषिबाट कति विकास हुन सक्दछ त्यसको निक्र्याैल गरेर प्राथमिकीकरणको आधारमा मात्र बजेट विनियोजन गर्ने कार्यको थालनी गर्न आवश्यक छ भन्नुभयो । 

उहाँले भन्नुभयो, “यो वा त्यो बहानामा सङ्घीयतालाई कमजोर बनाउने काम कसैबाट हुनुहुन्न, वाचा गरेअनुरुप जनतालाई सेवा प्रदान गर्नेमा कन्जुस्याइँ गर्न हुन्न, जनताले अनुभूत हुने गरी विकासका कार्यक्रम सञ्चालन गर्नुपर्छ । सरकारले विकास खर्च गर्ने क्षमता बढाउनु प¥यो । जनतामा कर आतङ्क छ ।’’ 

समितिका सदस्य महेश बस्नेतले परामर्शदाताको नाममा आयोजनाको कूल बजेटको २५ देखि ३७ प्रतिशत रकम दातृ निकाय स्वयंंले फिर्ता लैजाने प्रवृत्ति र नीतिगतरुपमा हुने भ्रष्टाचारलाई रोक्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । समितिका सदस्य घनश्याम भुसालले राजनीतिक स्थिरताका कारण लगानीको राम्रो वातावरण बनेकाले उत्पादनमुखी कार्यक्रममा बजेट विनियोजन हुनुपर्दछ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस