मङ्सिर ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनका लागि शुक्रबार विद्यार्थी सङ्गठनहरुसँग छलफल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनका लागि शुक्रबार विद्यार्थी सङ्गठनहरुसँग छलफल"/>
2026-06-25 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुनमा स्ववियु निर्वाचन गर्न सबै सहमत

2016-11-18

मङ्सिर ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनका लागि शुक्रबार विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेको छ । 

स्ववियु निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई सफल बनाउने र निर्वाचनसम्बन्धी केही आचारसहिंताका बारेमा विद्यार्थी सङ्गठनसँग छलफल गरिएको त्रिविका उपकुलपति डा तीर्थ खनियाँले जानकारी गराउनुभयो । 

‘फागुनमा निर्वाचन गर्नेमा विद्यार्थी सङ्गठनमा विवाद देखिएन’,उहाँले भन्नुभयो, ‘सबै सकारात्मक हुनुहुन्छ । मिलेर निर्वाचन गर्नेमा सहमत हुनुहुन्छ । त्यसैले निर्वाचन हुन्छ ।’ 

उहाँले उमेर हदका बारेमा त्रिवि सभाले निर्णय गर्ने जानकारी गराउनुभयो । निर्वाचनमा २८ वर्ष उमेर हदबन्दीको विषयलाई लिएर विद्यार्थी सङ्गठनबीच विवाद हुँदै आएको छ । 

आचारसंहितामा निर्वाचन भड्किलो नबनाइने, सभा गर्न नपाइने, क्याम्पस स्वयंले नै उम्मेदवारको परिचयात्मक कार्यक्रम गर्ने, कुनै सङ्गठनमा उम्मेदवारको विवाद भएमा केन्द्रीय नेतृत्वले मिलाउने, समानुपातिकको सूची पहिल्यै बुझाउनुपर्ने जस्ता कुरा उल्लेख गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो । 

उहाँले आचारसंहितामा स्ववियुमा निर्वाचित भइसकेपछि बदमासी गर्ने स्ववियु पदाधिकारीलाई फिर्ता बोलाउन सक्ने व्यवस्था गर्न त्रिविसँग माग गरिएको पनि बताउनुभयो । 

विसं २०६५ यता त्रिविमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिविले पटक पटक निर्वाचन घोषणा गरे पनि स्थगन हुँदै आएको थियो । छलफलमा नेविसङ्घका महामन्त्री सरोज थापा, अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने लगायत १६ सङ्गठनका प्रतिनिधिको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने