२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँहरू नुहाउने वेलामा मोवाइल फोनबाट सेवा लिन्छन् : अध्ययन

२०७६, २ श्रावण बिहीबार १६:३०

 साउन २, तिआनचिन, (रासस/सिन्ह्वा) । चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले देखाएको छ ।

छालाको स्याहारका लागि विभिन्न सामान उत्पादन गर्ने एक कम्पनीद्वारा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार मोबाइलको प्रयोग गर्ने

झण्डै ९० प्रतिशत चिनियाँहरूले आफू नुहाउन स्नानकक्षमा प्रवेश गर्दासमेत आफ्नो फोन साथैमा लाने बानी रहेको छ ।  

 उनीहरूले स्नानकक्षमा फोनबाट म्यूजिकका वाबजूत भिडियो हेर्ने, श्रब्य किताब वा पाठ्यक्रम पनि सुन्ने र अध्ययन गर्ने गरेका उक्त अध्ययनले देखाएको बताइएको छ । 

स्नानकक्षमा फोनको सेट लानेमध्ये १८.१४ प्रतिशत व्यक्तिले आफूहरूको फोन अर्काले नचलाओस् वा नहेरोस् भन्नका लागि सँगै लैजाने गरेको बताएका छन् भने ९ दशमलव १५ प्रतिशतले नुहाउँदासमेत फोनमार्फत् आफ्ना कामलाई निरन्तरता दिने गरेको बताएका छन् ।

रिपोर्ट अनुसार अधिकांश चिनियाँहरूका लागि नुहाउने समय राति १० बजेपछि रहने गरेको छ । अत्यधिक चिनियाँहरूले राति अवेरमात्र नुहाउन मन पाराउने गर्छन् भने बेलुका १० बजेभन्दा पछि नुहाउने चिनियाँको सङ्ख्या ३८ दशमलव ४५ रहेको छ ।

चीनमा स्मार्ट फोन वा यस किसिमका सामग्रीसँग आजभोलि अत्यधिक चिनियाँले समय विताउने गरेका पनि अध्ययनले देखाएको छ ।

भिडियो तथा टेलिभिजन कार्यक्रमहरू हेर्नेे, विद्युतीय खेलहरू खेल्ने, सामाजिक सञ्जालमा सन्देश आदानप्रदान गर्ने काममा समय खर्चिएका कारण अधिकांशको नुहाउने समय राति अवेरका लागि पुग्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदन मोबाइल प्रयोग गर्ने दुई हजार ४०० व्यक्तिसँग गरिएको प्रश्नावलीका आधारमा गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय