पढ्न करिब 2 मिनेट लाग्छ

साउन २०, नवलपरासी । बाढीका कारण नदी र खोलामा डुबेर बेपत्ता एक बालकसहित तीन जना अझैसम्म पनि फेला परेका छैनन्।

तीनै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। बाढीका कारण नवलपरासीमा आज एक बालकसहित दुई जना र बिहीबार एक पुरुष बेपत्ता भएका थिए।

पाल्हीनन्दन-३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन्। दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिहीबार भने प्रतापपुरस्थित खजुरा खोलाले बगाएर इब्राहिम मिया बेपत्ता भएका थिए।

यसैबीच बुधबारदेखि लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रका करिब दुई हजार घर डुबानमा परेका छन्। बाढीबाट सदरमुकाम परासीसहित ग्रामीण तथा सीमावर्ती क्षेत्रका चार गाउँपालिकामा बढी क्षति हुन पुगेको छ।

अविरल वर्षाका कारण आएको ठूलो बाढीबाट लाखौँको खाद्यान्न बाली नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीका कारण परासीका केही भागसहित पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउ‘पालिका प्रभावित भएको प्रहरीले जनाएको छ।

जिल्लाको पहाडी क्षेत्र हुँदै बगेका झरही, रायपुरवा, खजुरा, भलुही र पानभार खोलाका बाढी ती क्षेत्रमा बसेको बताइएको छ। ग्रामीण क्षेत्रका ती चार गाउँपालिकामा बाढीले पीडितको माटाले बनेका घर र छाप्रामा बढी क्षति पुगेको छ।

प्रतापुर गाउँपालिकाको बरगदवा, अमहवाँ, नन्दपुर, कजडहिया, फडरहनी, ठुलोखैरेटवा, पर्सा, दरखासे, कालीबर्था, माधवपुर र गोबरकटवा टोल डुबानमा परेका छन्। सो गाउँपालिका करिब एक हजार घर डुबानमा परेको प्रारम्भिक अनुमान गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए। रासस