२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा अन्धाधुन्ध बन्दुक आक्रमण, आक्रमणकारीसमेत तीनको मृत्यु

२०७६, १९ मंसिर बिहीबार ०६:०२

मङ्सिर १९, एजेन्सी । अमेरिकाको हवाई राज्यमा रहेको देशको सैन्य बेस पर्ल हार्बरमा बुधबार अपरान्ह एक अन्धाधुन्द बन्दुक आक्रमण भएको छ ।

आक्रमणमा रक्षा मन्त्रालयका दुई कर्मचारीको मृत्यु भएको छ । सोही घटनामा परेर एकको अवस्था गम्भीर छ । 

अधिकारीहरुका अनुसार गोलीबारीपछि ती आक्रमणकारीले पनि आत्महत्या गरेका छन् । आक्रमणकारी एक जना अमेरिकी नौसैनिक भएको बताइएको छ ।


पर्ल हार्बरमा अमेरिकाको हिन्द–प्रशान्त महासागर क्षेत्रको नौसैनिकको लागि जहाज र पनडुब्बीहरुको आधुनिकरण हुन्छ । सो स्थानमा जहाजहरुको मर्मत–सम्भारको पनि हुने गर्छ । पर्ल हार्बरमा अमेरिकाको करीब १० नौसैनिक युद्धपोत र १५ पनडुब्बी तैनाथ छन् ।

आक्रमणका दौरान भारतीय वायुसेनाका एयर चीफ मार्शल आरकेएस भदौरिया पर्ल हार्बरमा नै थिए । उनी हिन्द–प्रशान्त क्षेत्रका अधिकारीहरुसंग एक कार्यक्रममा सहभागी थिए। घटनामा भारतीय वायुसेनाका सबै अधिकारी सुरक्षित रहेको भारतीय वायुसेनाले जानकारी दिएको छ । 

घटनापछि सैन्य बेस सम्पूर्ण रुपमा बन्द गरिएको छ । त्यस बेसमा प्रहरी सेनाको टीमको वाहनहरुलाई भित्र जाने अनुमति दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण