३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलमा कोरोना भाइरसको प्रभाव र सरकारको भूमिका

३० चैत्र २०७६, आईतवार ०३:२०

मदन काफ्ले । चैत्र ३०, पोर्चुगल । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म पोर्चुगल १५ हजार ९८७ पुगेको छ । भने ४ सय ७० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ जसमा अझै ३ हजार ९६१ जनाको ल्याब रिपोर्ट आउन बाँकि छ। 

पोर्चुगलको उत्तरमा रहेको पोर्तो क्षेत्रमा सबैभन्दा बढी संक्रमण देखिएको छ जहाँ ९ हजार २६४ जनामा संक्रमण देखिएको छ भने २५८ जनाको मृत्यु भएको छ। लिस्बोन क्षेत्रमा भने हालसम्म ३ हजार ८३४ जना सन्क्रमित छन् भने ८७ जनाको मृत्यु भएको जनाइएको छ । अन्य क्षेत्रमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ। 

महामारीको जोखिमलाई कम गर्न पोर्चुगलमा लकडाउन भएको एक महिना हुन लाग्यो, यहाँ कोरोना बढ्दोक्रममा छ । यहाँको सरकारले नागरिकको स्वास्थ र सुरक्षाको लागि आफ्नो भरपुर प्रयास कायम गरिएको छ। 

स्कुल, कलेज, युनिभर्सिटीहरु पुर्ण रुपमा बन्द छन् । केही स्कुलहरुले अनलाइन मार्फत क्लास लिरहेका छ्न । आउदो सोमबारदेखि सरकारले यहाँको आरटिपी टेलिभिजन मार्फत लाइभ क्लास लिदै छ जुन ३० मिनेटको हुनेछ जसमा प्रत्येक दिन फरकफरक विषयहरुलाई अध्यापन गरिने गरि समयतालिका निकालिएको छ। 

यहाँका केही उच्च जोखिममा पर्ने सरकारी कार्यालयमा फेसटुफेस कामहरुलाई केही महिनाको लागि सस्पेन्स गरिएका छ्न ।  जस्तै अध्यागमन विभाग यहाँको आप्रवासी सम्बन्धि हेर्ने निकाय (यहाँको भाषामा सेफ भनिन्छ) सेफले दिएका अहिलेका कागजी प्रक्रियाका डेटहरु रोकिएको छ जसको सुचारु सेफको कार्यालय खुलेपछी सुचित गर्ने जनाइएको छ । 

खानाको समस्या नहोस् भन्नको लागि यहाँ सबै सुपरमार्केट, मिनिमार्केट, पसलहरु खुल्ला गरिएका छन तर फरक यतिमात्रै छ कि यहाँ सामाजिक दुरि कायम गरिएको छ जसमा कम्तिमा ६ फिटको हुन्छ।  कतिपय ठाउँमा पुलिसले लाइन लागाएर भित्र बाट एक जना बाहिर निस्के एक र जति निस्के त्यतिलाइ भित्र क्यु सिस्टममा पठाउने गर्छन् । सामानको मुल्यमा कुनै वृद्धि गरिएको छैन । जस्तै : डिस्काउन्टहरु पनि यो समयमा कायम नै गरिएको छ (कतिपय सामानहरुमा) । सामान आफुले चाइएको जति किन्न सकिन्छ। 

यहाँ अस्पताल, हेल्थपोस्ट, आवश्यक सामान किन्न, र महत्वपूर्ण कामकोलागी बाहिर जान पाइन्छ तर फाल्तु काममा घुम्न वा कतै गएको पाइएमा फाइन तिर्ने वा पक्राउ पर्ने जे पनि हुन सक्ने अधिकारीहरुले बारम्बार माइकिङ गरेर जानकारी दिइरहेका हुन्छन् । उनीहरुले प्रत्येक पटक "फिका ए काजा" अर्थात घरमै बस्नुस भनेर सुचित गरिरहेको हुन्छन्, प्रत्यक घर वा अपार्ट्मेन्ट्को ढोकामा आपतकालीन अवस्थामा प्रयोगमा आउने यहाँको कलसेन्टरको फोन नम्बर सहितको पर्चा टासिंएको छ। यातायात नियमित जस्तै सुचारु जसले गर्दा आवस्यक परेको ठाउँमा सहजै आवतजावत गर्न सकिन्छ ।

सरकारले आफ्नो तर्फबाट रोकथाम जारी राखेको छ भने कामको कन्ट्र्याक्ट सस्पेन्ड भएको ब्यक्तिलाई यदि कम्पनीले अफमा गएमा सरकारले ७० प्रतिशत र कम्पनीले ३० प्रतिशतको दरले मासिक तलब दिने भनेर कानुन बनाएको छ भने कामबाट हटाइएकोलाई बेरोजगार भत्ताको लागि कम्पनिले यहाँको सामाजिक सुरक्षा कोषको लागि सिफारिस गरिएको छ्न। अहिले कोभिड-१९ को लागि विशेष कानुन ल्याइएको छ । पहिले बेरोजगार भत्ता पाउन, हेल्थकार्ड बनाउन, र अन्य सरकारी कामको लागि यहाँको बसोबासको अनुमतिपत्र अर्थात् रेसिडेन्सी कार्ड चाहिन्थ्यो भने अहिले यहाँको सेफमा रजिस्टर गरेको प्रमाणपत्रलाई नागरिक को सरहको सुविधा पाउने बनाएको छ। 

यो विश्व महामारी ग्लोबल समस्या भएकोले हामी जहाँ छौ त्यही सुरक्षीत रहनु हाम्रो पहिलो प्राथमिकतामा हुनुपर्छ। नियमित साबुनपानीले हात घुने, सामाजिक दुरी कायम राख्नाले र घरमै बस्नाले मात्र यसको रोकथाम गर्न सकिने हुनाले हामी आँफै सजग हुनु जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट