नन्दराम जैशी/भदौ ११, जुम्ला । उर्जा मन्त्री महेन्द्र बहादुर शाहिले कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने प्रतिबद्धता गर्नुभएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ ११, जुम्ला । उर्जा मन्त्री महेन्द्र बहादुर शाहिले कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने प्रतिबद्धता गर्नुभएको छ । 

2026-10-15 01:30 PM
काठमाडौँ - KTM

कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने उर्जामन्त्रीको प्रतिबद्धता


नन्दराम जैशी/भदौ ११, जुम्ला । उर्जा मन्त्री महेन्द्र बहादुर शाहिले कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने प्रतिबद्धता गर्नुभएको छ । 

मुख्य कर्णाली र कर्णालीका सहायक नदिहरुमा हाइड्रोपावर उत्पादन क्षमताबारे संभाब्यता अध्ययनका लागि मुगु हुदै आइतबार दिउसो अचानक जुम्ला पुग्नु भएक उर्जा मन्त्री शाहिले कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । 

उहाले भन्नुभयो, एक महिना भित्रै काम थाल्ने गरी कर्णालीमा राष्ट्रिय प्रशारण लाइन जोडीने कार्य शुरु हुदैछ । जसका लागि ३३ केबि प्रशारण लाइन दैलेख हुदै कालिकोट, जुम्लाका लागि टेन्डर भैसकेकोछ । 

१ सय ३२ केबिको अर्को राष्ट्रिय प्रशारण लाइन दैलेख महाबै लेकहुदै कालिकोट, जुम्ला कर्णालीमा जोड्ने गरी काम थालिने मन्त्री शाहिले जानकारी दिनुभयो । कर्णालीमा देशकै सबैभन्दा बढि हाइड्रोपावर उत्पादन क्षमता रहेको दावि गर्दै हाइड्रोपावर उत्पादनका लागि ठुला योजना तयार पारीएको सकेत उहाँले बताउनुभयो । उर्जा मन्त्री शाहिसँगै मन्त्रालयको टोलि, हाइड्रोपावर उत्पादनमा लगानि गर्ने चिनिया टोलि र इन्जीनियरको टोलि आइतबार अचानक हेलिकप्टर मार्फत जुम्ला आइपुगेको हो । 

उक्त टोलिले मुगु कर्णाली र जुम्लाको तिला कर्णालीसँगै मुख्य कर्णाली नदिमा हाइड्रोपावर उत्पादन क्षमताबारे संभाब्यता अध्ययन गरेको छ । उर्जा मन्त्री शाहिले भन्नुभयो, जुम्ला आउने पुर्व योजना त थिएन । तर मुगु हुदै जुम्ला आइ पुगेका हौ । 

कर्णालीमा जलस्रोत प्रयाप्त मात्रामा भएपनि साना साना बाहेक ठुला जलविधुत्का आयोजना छैनन् । अब निर्माण हुने ठुलो आयोजनाले कर्णालीमा मात्र नभइ अन्य जिल्लामा पनि विधुत् बिक्रि गर्न पुग्नेछ । 

कर्णालीले सँगै खरीद गरेर मात्र खाने होइन् अब विधुत् बेचेर पैसा भित्र्याउने समय हो, उहाँले भन्नुभयो । कर्णाली र कर्णालीका सहायक नदिको सर्भे गरेर कँहा कति वटा हाइड्रोपावर उत्पादन हुन्छ भन्ने बिषयमा काठ्माडौमै छलफल गरी गुरु योजना तयार पारिने उर्जा मन्त्री महेन्द्र बहादुर शाहिले जानकारी दिनुभयो । 

कर्णाली करिडोर ४ सय केबि प्रशारणलाइन टेन्डर भैसकेको भन्दै निर्माण कार्य सम्पन्न पछि कर्णाली उज्यालो बन्ने उहाले आश्वासन दिनुभयो । एक फरक प्रशंगमा उहाले अहिलेका लागि सरकारको मुख्य प्रथामिकता समयमै तिनै चरणको निर्वाचन सम्पन्न गराउने रहेको बताउनुभयो । 

साथै नव निर्वाचित जन प्रतिनिधिहरुलाइ आफ्नो ठाँउको विकासका लागि आफैबाट पहल शुरु गर्न आग्रह गर्दै विकासमा असल नेतृत्वको खाँचो रहेको तर्क गर्नुभयो ।  

 

 उर्जामन्त्री महेन्द्र बहादुर शाहिलाई जुम्ला एरपोर्टमा स्वागत गरीदै । तस्वीर: नन्दराम जैशी, जुम्ला   

   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित