साउन ७, काठमाडौं | शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं | शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

ओलीको अडानमा एमालेमै दुर्इ धार

७ श्रावण २०७३, शुक्रबार ०२:१०

साउन ७, काठमाडौं | शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नु पर्ने अडान लिए पनि उनकै दल एमालेभित्र यस विषयमा एकमत छैन । 

पछिल्लो स्थायी कमिटी बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेतालसहितका नेताले संविधान संशोधनतर्फ नलाग्न पार्टी अध्यक्ष समेत रहेका ओलीलाई सुझाव दिएका थिए।

बैठकमा उपाध्यक्ष भीम रावलसहित नेताले नयाँ सरकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका थिए। एमाले सचिव योगेश भट्टरार्इले भने संविधान  संशोधनतर्फ लाग्नु भनेको जोखिमको यात्रा सुरु गर्नु भएको बताएका छन्। 

बैठकमा ओलीनिकट केही नेताले समेत संविधान अस्पष्ट रहेपनि त्यस विषयलाई पार्टीले बढी चर्काउँदा पार्टी र प्रधानमनत्रीको लोकप्रियता गुम्न सक्ने तर्फ सचेत गराएका थिए।

नयाँ सरकार गठनका लागि संविधान संशोधनमा अस्पष्टता रहेको भन्दै एमाले सचिव प्रदिप ज्ञवालीले यो एमालेको नभई नयाँ सरकार बनाउनेहरुको चासोको विषय हुनु पर्ने बताए। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार